गजल
मेरो झुपडीमा खुसि भर्न सकिने तला छँदै थिएन।
अटाएन गए खुसिहरुसंग लिने बदला छँदै थिएन।।
आयौ सजिलै एकोहोरो बजायौ गयौ धन्यवाद।
यो जिन्दगी चौतारीको मादल, तबला छँदै थिएन।।
चाहेर पनि कहिले तिमि जस्तो,तिम्रो बन्नै सकिएन।
किन कि तिमि झै मलाई बिर्सिने कला छँदै थिएन।।
म अधुँरो रहेको त्यहि एक गजल हुँ महोदय।
गजलको जिन्दगीमा जो हुनुपर्ने मतला छँदै थिएन।।