काठमाडौं: साहित्यकार एवम् समाजसेवी रिता शाही ऋतुको पहलमा बाजुराका बाढी पीडित परिवारलाई राहत वितरण गरिएको छ ।
कर्णाली पारि रहेको बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटको खाली मेलाका बाढि पहिरोबाट विस्थापित भई पालका बसिरहेका– ९ परिवारलाई राहत वितरण गरिएको हो ।
कालिकोटको सिमानमा रहेको उक्त वस्ती सदरमुकाम मार्तडीबाट करिब दुई दिनको पैदल दुरीमा पर्छ । शाहीले अविरल वर्षासँगै आएको बाढी पहिरोले विस्तावित भई खुला आकाशमा पालमुनी बास बसिरहेका उनीहरुको अवस्था सामाजिक सञ्जालमा पोष्ट गरेपछि बिदेशमा बस्ने सहयोगी मनहरुको सहयोगमा राहत हस्तान्तरण गरेकि छु शाहीले भनिन् ।
प्रति परिवार २० केजी चामल एक केजि दाल आधा लिटर तेल र बिस्कुट सहयोग गरेको शाहीले जनाएकी छन् । साथै कर्मभूमी विदेश भए पनि स्वदेशको मर्म पीडामा मलमपट्टी लगाउने सहयोगी व्यक्तिहरुलाई शाहीले हार्दिक आभार प्रकट गरेकी थिइन ।
यस अघि बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताँजाकोट गाउँपालिकामा गएर शाहीले राहत वितरण गरेकी थिइन् ।