सन्जिता धामी/रेडियाे केदार/बझाङ्ग/श्रावण–२३
जिल्लाको केदारस्यु गाउँपालिकाका ४ वटा वडामा स्व: अध्ययन सामग्री बितरण गरेको छ । गत साउन २ गते प्रगतिशील युवा समाज र वल्र्ड भिजनको सहकार्यमा पालिकाका ३,६,७ र ८ नम्बर वडामा बालबालिको लागि स्व: अध्ययन सामाग्री वितरण गरेको हो ।
कोरोना महामारीको यस्तो अवस्थामा २ हजार जना बालबालिकालाई घरमै बसेर पढ्न सकिने किताब, कापी, कलम र पेन्सिल लगाएका शैक्षिक सामाग्री वितरण गरेको छ । घरमै गएर संस्थाले यसरी शैक्षिक सामग्री वितरण गर्दा गरिब, बिपन्न परिवारका बालबालिकालाई ठुलो राहत भएको र आगामी दिनमा पनि संस्थाले यो भन्दा धेरै सहयोग गर्ने अपेक्षा गरेको वडा नं ३ का सुबास खातिको भनाइ रहेको छ ।
समावेशी तथा गुणस्तरीय शिक्षामा पहुच गर्ने उदेश्यले सामाग्री बितरण गरेको प्रगतिशील युवा समाजका फिल्ड अधिकृत दिनेश खड्काले जानकारी दिए ।
उनका अनुसार लगत्तै पालिकाको वडा नं ३ मा २ सय अठार जना बालबालिकालाई स्कुल ड्रेस लगाएत शैक्षिक सामाग्री वितरण गरिदै छ । संस्थाले यो भन्दा अगाडि पढाइ सिबिर, कक्षा कोठा व्यवस्थापन, आचार संहिता, खाद्यान्न सामाग्री, कृषि सामाग्री वितरण र विभिन्न किसिमका तालिम दिएर करिब १ करोड ९४ लाख ९२ हजार पाँच सय बराबरको सामाग्री वितरण थियो । स्थाले अहिले जिल्ला भरिनै यस्ता कामहरु गरिरहेको र आगामी दिनमा पनि गरि रहने अधिकृत खड्काको भनाइ रहेको छ ।