सन्जिता धामी/बझाङ्ग- बझाङमा काेभिसिल्ड दोस्रो डाेज छुटेकाहरुलाई आज बाट खाेप लगाइदै छ । बुधबार स्वास्थ्य कार्यलय बझाङमा १७ महिला र ३३ पुरुष गरेर जम्मा ५० जनाले दोस्रो डाेज लगाएका छन् । जिल्लामा अहिले सम्म ८ हजार ८ सय ८५ जना महिला र १ हजार १ सय २९ जना पुरुष गरेर जम्मा १७ हजार ९ सय ४९ जनाले पहिलो मात्राकाे डाेज लगाइ सकेका छन् ।
त्यस्तै, ९ सय ४५ महिला र १ हजार ८ सय ३९ पुरुष गरेर जम्मा २ हजार ७ सय ८४ जनाले दाेसाे डाेज लगाई सकेका जनस्वास्थ्य अधिकृत नम्रता बाेगटिले बताए । उनका अनुसार जिल्लाका सबै गाउँपालिकामा आज खाेप आइपुगेकाले भाेलि देखि दोस्रो डाेज लगाईदै छ । जिल्लामा अहिले १५ हजार १ सय ६५ जनालाई खाेप लगाइने उदेश्य रहेकाे र विभिन्न जिल्लाका ४८ वटा खाेप केन्द्रबाट भाेलिबाट खाेप लगाइने बताएकाे छ ।
त्यस्तै , केदारस्युँ गाउँपालिका दुई वटा वडामा पनि काेभिसिल्ड दाेस्रो डाेज छुटेकाहरुलाइ खाेप लगाएकाे छ । बुधबार वडा नं ९ काे भैरव स्थान स्वास्थ्य चाैकि झाेता र सामुदायिक स्वास्थ्य इकाई लाेतुमा खाेप लगाइएको हाे ।
भैरव स्थान स्वास्थ्य चाैकि झाेतामा २६ पुरुष र ३४ महिला गरि जम्मा ६० जनाले खाेप लगाएकाे स्वास्थ्य चाैकि प्रमुख महेन्द्र बहादुर मल्लले बताए । त्यस्तै वडा नं ८ काे सामुदायिक स्वास्थय इकाई लाेतुमा २९ पुरुष र ३१ महिला गरि जम्मा ६० जनाले खाेप लगाएका छन् ।
दुई वटै वडामा गरेर जम्मा १२० जनाले खाेप लगाएकाे
भैरव स्थान स्वास्थ्य चाैकि झाेताका अहेव नवराज जाेशिले जानकारी दिए। उनका अनुसार यी दुई वटा वडामा खाेप भाेलि र पर्सि त्यस्तै बाकि रहेका वडामा भाेलि देखि ४ गते सम्म खाेप लगाइदै छ ।