गजल
बाको जीवन भरको लगानी , म नै हुँ ।
घाटा पनि म नै हुँ , आम्दानी म नै हुँ ।।
मलाई अस्ताउनू संग रिस छ ,भनेकै हो ।
रातो सूर्य बोकेर आउने ,बिहानी म नै हुँ ।।
तिमी रुँदा काम लागेको छैन , कहिल्यै ।
कसरी भनुँ म ,तिम्रो सिरानी म नै हुँ ।।
अनाथले पहिचान माग्नेलाइ यसरि भन्यो;।
कुनैदिन बाटोमा लुटिएको ,जवानी म नै हु।।
आमा बितेको बर्षौ पछि बाले भन्न भयो;।
तेरो बुवा नि म नै हुँ , आमा नि म नै हुँ ।।
गजलकार सैलेश रावत।।
खप्तड छेडेदह –५ बाजुरा।