युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
373 पटक पढिएको

चित्रा नाैन्याल/भारत- मेरा लागि त आजकाल दसैं पात्रोमा मात्रै आउँछ। बाबु, आमा र मान्यजनबाट टीका लगाउने अवसर भाग्यमानिलाइ मात्रै जुर्दो रहेछ। बिवाह भएदेखि मलाई दसैं कहिल्यै रमाइलो लागेन। दशैंमा निधार खालि हुन्छ। अनि सुनसान लाग्छ। नरमाइलो लाग्छ। हेर्दा हेर्दै चाडपर्व विनाको समय वितेको पनि ४ बर्ष भैसकेछ।

परिवार र चाडवाड बिनाको जिन्दगि खल्लो हुदो रहेछ। माईती घर पराई भएजस्तै अब त चाडवाडमा खुसि हुने मेरा सबै इच्छा आकांक्षाहरु पनि हराउदै जान थाले। सम्झन्छु चाडपर्व आउदा बाल्यकालमा रमाएका ति पल।

सोह्र श्राद्ध सकिएपछि दशैका लागि तयारि हुन्थ्यो। चाडपर्वमा घरमा रमझम बढ्छ। गाउघरका आमा, भाउजु, ददिबिहिनिहरू जम्मा भई टाढाबाट रातोमाटो र सेतो माटो खनेर ल्याउथे। कच्चि घरका भित्तामा कमेरो माटो र रातोमाटाले लिपपोत गरेपछि गाउघरमा रौनक नै बेग्लै हुन्थ्यो। टाढैबाट सबैकाघर चम्किला देखिन्थे। कसको घर राम्रो देखियो हेर्न जान्थ्यौ।

घटस्थापनाको दिनदेखि जमरामा पानी हाल्न जादा आमासंगै जान्थ्यौ अनि जमरा कत्तिको बढे भनेर हेथ्र्यौ। अरुबेला खुल्ला राख्दा हरियो हुन्छ भनेर जमरालाई पहेलो बनाउन छोपेर राखिएको हुन्थ्यो। पानि हाल्न जादा मात्रै हामि देख्न पाउथ्यौ।

चाडवाड आउनुभन्दा अगाडिको त्यो किनमेल, घरपरिवार, छरछिमेकमा आएको खुसि। नया नया लुगा लगाएर आफुभन्दा ठुलाबाट निधारमा टीका थाप्दै लिएको आर्शिवाद।

दशैको दिन आफन्तजन, दिदि भिनाजु उनहिरुका छोराछोरी सबै आउने बाटो दिनभर हेरेर,आहा कति रमाइलो हुन्थ्यो त्यो दिन। आफन्तजनले दिएको दक्षिणा कस्को बढी भन्दै गनेर खुसि हुदै पैसा लुकाएका ति पलहरु।

जन्मघरमा मलाई सम्झना भएसम्म केहि बर्ष बाहेक चाडपर्व कहिल्यैपनि खल्लो भएन। सधै रमाइलो संग नै वित्यो। रोजगारिका लागि दाई परदेशमा जानुहुन्थ्यो चाडबाड आउदा घर आउने बाटो हेरेर बस्थ्यौ।

दाई घर आउनुभयो भने चाडवाड आएजस्तो लाग्थ्यो। बुवाको देहावसानपछि दाईले हामिलाई कहिल्यैपनि कुनै कुरामा कमि महसुस हुन दिनुभएन। ठुलो परिवारमा हुर्किएकि म, चाडवाड आउदा सबैसंग भेट हुने भयो भनेर मन त्यसै फुरुंग भैदिन्थ्यो। बिहे भएर पराई घरमा गएका दिदि र भिनाजुहरु आउने बाटो कुर्दा कुर्दै दशैको दिन वितेको पनि पत्तो हुदैनथ्यो।

वर्षदिनसम्म नभेटिएका आफन्तहरु पनि टीका थाप्ने दिनमै भेटघाट हुन्थ्यो। टीका लगाउन आएकाहरूलाई सेलरोटी, अचार, दहीमही, केरा, मासु, भात, तरकारी, दाल आदि कसलाई के मन पर्छ सबै परीकार तयार बनाएर राखेका हुन्थ्यौ।

चाडवाडका दिन खाना नखादा पनि पेट अघाए जस्तै भान हुन्थ्यो। उसो त उमेर बढ्दै जादा रहरहरु पनि घट्दै जादा रहेछन। बिहेपछि त दशै तिहारमा नया लुगा किन्न छुटे। चाडवाडमा घरपरिवार संग रमाउने अनि सबै जम्मा भएर आमाले पकाएको खाना खान पनि छुट्यो। आजभोली त चाडवाड नआइदिए हुन्थ्यो जस्तो लाग्छ। म आफ्नै देशमा हुदा पत्रकारिता गरेर एक मिडियामा काम गरिरहेकि थिए। २०७४ साल सम्म दशै राम्रैसंग मनाउन पाईयो। २०७५ साल बैसाख २८ गते मेरोे विवाह भयो।

त्यसयता भने चाडपर्व खल्लो लाग्दै आएको छ। ठुलो परिवार भएकाले होला हरेक साल चाडपर्वमा कोहि न कोहि आफन्तको मृत्यु भएकै हुन्छ। जुठो वार्नुपर्ने भएकाले कहिल्यैपनि दशै मनाउन पाइएन।

घरका अन्य सदस्यहरु त वानि नै परिसक्यो प्राय जसो चाडवाडमा हाम्रो परिवारमा यस्तै हुन्छ भन्छन। मलाई भने कस्तो न्यास्रो लाग्छ। चाडपर्वमा सधै रमाउने मान्छे लगातार ४ बर्ष चाडपर्व मनाउन नपाउनु कस्तो दुखद कुरो ।

विगत २ बर्ष देखि म श्रीमानसंगै भारतको मुम्बईमा बस्दै आएकि छु। दिनभरि म फुर्सदमै हुन्छु तर पनि कसैसंग भेटघाट हुन सक्दैन मन खुसि पनि हुदैन। परिवारका अरू सदस्यहरूको र मेरो दुनियाँ फरक छ।

आफन्तहरुको न्यास्रो लाग्दा संचारका साधनले छिनछिनमा बोलचालमा केहि सहज भएपनि विरानो ठाउँ छ मैले आफूलाई एक्ली महशुस गर्छु। आफन्तबाट जति टाढा भयो, यादहरू उति गाढा हुँदा रहेछन्।

म मात्रै होईन चाडपर्वमा आफ्ना सन्तानहरुसंग रमाउने मेरी आमा पनि दुखि छन। हामि सात जना दिदिबहिनि अनि एक जना दाई। सबैभन्दा कान्छि म । गत सालको कुरो जेठि र माईलि २ जना दिदिहरुको एक महिनाको अन्तरालमा सिन्दुर पुछियो। अनि कोहि दिदिहरु आफ्नै घरयासि काममा व्यस्त भएर आउन नपाउदा आमा संग रमाउन पाएनन्।

सबै जहान परिवार भेला हुने भनिएको दशैकोंबेला पनि घर सुनसान हुदा कति नरमाइलो लाग्यो होला मेरि आमालाई। यिनै भेटघाटले दसैंको अस्तित्व र महत्व थियो। अहिले त चाडपर्व पनि फिक्का लाग्छन। कहिलेकाहि त चराझैं उडेर घर पुगौं जस्तो लाग्छ, जुन सम्भव हुँदैन। मलाई त्यै बाल्यकालको दशै प्यारो लाग्छ जुन खुसि अब कहिल्यै फर्कन सक्दैन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!