
बाजुरा– “हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि , पर्यावरण संरक्षण र जनजिबिकामा समृद्धि“ भन्ने नाराका साथ बिश्व खाद्य दिवशको अवसर पारि कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा र जिल्लास्थित विभिन्न गैरसरकारी संस्थाको समन्वयमा जिल्लामा खाद्य अधिकारका सवालहरुको पहिचान गर्न सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रम कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख हरी पनेरुको अध्यक्षतामा बडीमालिका नगरपालिकाको सभाहलमा संचालन भएको कार्यक्रममा जिल्लामा खाद्य अधिकारका सवालहरुलाई प्रमुख विषय बनाएर सरोकारवाला निकायहरु संग अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा जिल्लामा खाद्य सुरक्षाको अवस्था, चुनौति र अवसरका बिषयमा बिशेष छलफल गरिएको थियो । कार्यक्रममा उपस्थित सरोकारवाला निकायले जिल्लामा खाद्य अधिकारको सवालमा विषेश गरी राज्यले आवश्यक लगानी गनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्लाका १० जना गरिव, विपन्न र वाढि प्रभावित परिवारलाई प्रति परिवार रू २५०० का दरले खाद्यान्न समेत सहयोग गरिएको थियो ।त्यस्तै बाजुरा जिल्लामा कृषिको क्षेत्रको समग्र विकासमा योगदान पुर्याएको भन्दै जिल्ला खाद्य अधिकार संजाल बाजुराले निवर्तमान कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमख गोविन्द सिजापतिलाइ सम्मान स्वरुप कदर पत्र प्रदान गरि कार्यालयबाट बिदाई गरिएको थियो ।

४१ औं विश्व खाद्य दिवस २०७८ को अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रम कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख हरी पनेरुको अध्यक्षतामा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय लाल बहादुर थापा, विशिष्ट अतिथि बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल लगायत कार्यक्रममा जिल्लास्थित ५० बढी सरोकारवाला निकायको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले गरेका थिए । 











