बाजुरा– सुदुरपश्चिम प्रदेश प्रमुखमा पुर्व साँसद, पुर्व संविधान सभा सदस्य, नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापति तथा महा समिति सदस्य देवराज जोशी नियुक्त भएका छन् । सोमबार सरकारले सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश नं १ मा प्रदेश प्रमुख नियुक्त गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार मन्त्री परिषद बैठकले सुदूरपश्चिम प्रदेशमा देवराज जोशी, कर्णाली प्रदेशमा तिलक परियार र प्रदेश नं १ मा पर्शुराम खापुङलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो ।
अहिले कर्णाली प्रदेशमा गोविन्द्र कलौनी, प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाय यादव प्रदेश प्रमुख रहेका थिए । उनीहरुलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमसख नियुक्त गर्न सरकारले सिफारिस गरेको हो ।सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका जोशी मंगलबार धनगढीबाट काठमाण्डौं गएको प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले बताए । उनका अनुसार काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेपछि मंगलबार नै पद तथा गोपनियताको सपथ खुवाइने जानकारी प्राप्त भएको छ ।
काँग्रेस बाजुराका पुर्व पाटी सभापति समेत रहेका जोशी शिक्षक पेशाबाट राजनितिकमा आएका थिए । उनी २०४८ सालमा देशकै कान्छो संविधान सभाका सदस्य समेत हुन् ।शिक्षक पेशा छोडेर राजनितिमा लागेका जोशी भद्र र शालिन व्यक्तित्ववमा रुपमा लिने गरिएको छ । जोशी सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त भएपछि नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिन थालेका छन् ।