युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
424 पटक पढिएको

बाजुरा– लौह पुरुष गणेशमान सिंहको १०७ औँ जन्म जयन्ती नेपाली कांग्रेस बाजुराले पनि मनाएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति रामसिंह रावलको अध्यक्षतामा बि.पि स्मृति भवन पार्टी कार्यालयमा सिंहको १०७ औँ जन्म जयन्ती मनाइएको हो ।
लौह पुरुष गणेशमान सिंहले नेपाली कांग्रेस पार्टी र नेपाली जनताको हितका लागि गरेको योगदानको स्मरण गर्दै सवै कांग्रेस निकट नेता कार्यकर्ताहरुको उपस्थितिमा १०७ औँ जन्म जयन्ती मनाइएको कार्यालय सचिव टेक बहादुर रोकायाले लोकतन्त्र  विहानी न्यूजलाई जानकारी दिए ।

सिंहको १०७ औँ जन्म जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष एवम जिल्ला कार्य समिति बाजुराका सभापति रावलले संगठनलाई चुस्त र द्रुस्त राख्न गणेशमान सिंहले गरेको आदर्शको राजनितिलाई आत्मसाथ गर्दै सबैले अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट आतिथी पुर्व सभापति एबम् महासमिति सदस्य मन बहादुर रावलले लौह पुरुषको जस्तै त्यागी नेता भएर पार्टीलाइ थप बलियो र सुदृढ बनाउन सबैले मिलेर लाग्नु पर्ने कुरामा जोड दिएका थिए । नेता रावलले लौह पुरुष सिंहको नेपाली जनताका लागि गरेको त्याग र योगदान माथि चर्चा समेत गरेका हुन । निरकुस राणा साशनको अन्त्य गर्न यहोराद्र जनताको पक्षधर भएर लाग्ने लौह पुरुष गणेशमान सिंहले २००७ सालमा भद्रगोल जेलमा राख्दा पनि राणाहरुको अत्यका लागि सक्रिय रुपमा लागेर नेपाली जनतालाइ न्याय दिएको र निरकुस राणा साशनको अन्त्य गर्न अहम भुमिका निर्वाह गरेको भन्दै नेता सिंह जस्तै बन्न अहिलेका कांग्रेस निकत नेता कार्यकर्ताहरुले पनि उहाँ जस्तै त्यागी नेता बन्न पनि सिंहको बिचारलाई आत्मसात गरेर अघी बढ्न कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई आग्रह समेत गनुभएको हो ।

पार्टी सभापति रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बिशिष्ट अतिथी पुव पाटी सभापति एबम् महासमिति सदस्य मन बहादुर रावल अतिथी महा समिति सदस्य एबम् महिलासंघ केन्द्रीय सदस्य जुना दानी, पार्टी उप–सभापति नारायण पाध्याय, सचिव तिलक पुरी, सह सचिव सुरेन्द्र सिंह, तरुण दलका अध्यक्ष कुम्भनाथ योगी, नेविसंघ कार्यबाहक सभापति जनक थापा, महिला संघ जिल्ला कार्य समिति अध्यक्ष अमृता सिंह लगायत सम्पुर्ण जिल्ला कार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकाे संचालन नेपाली काँग्रेस बाजुराका पर्टी सचिव भरत बहादुर राेकायाले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!