बाजुरा– बुढीगंगा नगरपालिका पुल नजिकै नदीको किनारामा घाइते अवस्थामा भेटिएको चितुवाको मृत्यु भएको पुष्टि भएको छ । दिउसो १२ बजे तिर घाइते अवस्थामा चितुवा भेटिएको चितुवाले एका एक हलचल गर्न छोडे पछि घटना स्थलमा गएका प्रहरी, स्थानिय र जिल्ला बन कार्याालयको टोलीले मृत्यु भै सकेको आशंका पाएका थिए ।

घाइते अवस्थामा चितुवा भेटिए पछि जिल्ला प्रहरी कार्यालय बाजुरा, जिल्ला बन कार्यालय बाजुरालाई जानकारी दिइ सकेको थियो दिउसो २ बजे उक्त चितुवाले हलचल गर्न छोडे पछि घटना स्थलमा खटिएका प्रहरी, जिल्ला बन कार्यालयका कर्मचारी र स्थानियहरु चितुवा भएको ठाँउ जाँदा चितुवाको मृत्यु भै सकेको अस्थायी प्रहरी बिट बार्जुगासडका प्रहरी नायवनिरिक्षक राम बहादुर थापाले जानकारी दिएका छन ।

घाइते अवस्थामा भेटिएको चितुवा के कति कारणले नदीको किनारामा गएको हो त्यसको रिपोर्ट चेक जाँच पश्चात आउने जिल्ला बन कार्यालयका सुचना अधिकारी राजन कुँवरले जनाएका छन । दिउसो १२ बजे हलचल गरि रहेको घाइते चितुवाले दिउसो २ बजे हलचल गर्न छोडे पछि मृत्यु भएको हो । मृतक बाघलाई अहिले पोष्टमाटमका लागि जिल्ला बन कार्यालय ल्याइदै गरेको जानकारी स्थानिय मन बहाादुर बोहराले जानकारी दिए ।












