बाजुरा–शिक्षा बिकास तथा समोन्वय एकाई, जिल्ला प्रशासन, र जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजनामा गुड नेर्वस इन्टरनेशनल, पिसविन, गिफ्ट नेपाल, आइएनएफ, आइपास, र महिला बिकास मञ्च बाजुराको आर्थिक सहयोग, संचालन भएको जिल्ला व्यापी बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रवार मालिका माध्यामिक बिद्यालयको प्राङगरमा प्रहरी जवान जानकी कार्कीको अध्यक्षतामा संपन्न भएको हो । प्रतियाृगितामा जिल्लाका ९ वटै पालिकाबाट छनोट भएका एक जना छात्र र एक जना छात्रा गरी जम्मा १८ जना सहभागि भएका थिए । सहभागिहरुले घरबाटै सुरु गरौँ महिला हिँसा अन्त्य गरौँ भन्ने बिषयमा आफ्ना भनाइहरु राखेका थिए । प्रतियोगितामा सहभागिहरुले महिलाहरुले भोगेका समस्याहरु र अहिलेको एक्म्काइसौ सताव्दिमा आइपुग्दा पनि महिला माथि हाम्रो समाजले गर्दै आइरहेका बिभेदकाहरुको अन्त्य हुनुपर्ने मागहरु राखेका थिए । उनिहरुले अझै महिलाहरुले दर्दनाक पिडाहरु सहनु परेको भन्दै निर्मला पन्त जस्तै अन्य कुनै पनि छोरिहरुले बलतकृत हुनु नपरोस, बिहान सुरक्षित घरबाट निस्किएकी नारी बेलुका सुरक्षित घर फर्किनु पाँउनुपर्ने, महिला पुरुष समान हुन ।
नारिहरुकोकाम चुलो चौकोमा काम गर्ने मात्र होइन महिलाहरुले पनि समाज र राष्टका लागि योगदान दिन सक्छन, भन्ने खालका धारणाहरु व्यक्त गरेका थिए ।उसका साथै उनिहरुले नेपालको सम्विधानमा महिला सम्वन्धि उल्लेख गरेका निति नियमहरुको उचित कार्यानयन नभएका कारण महिलाहरुमाथि बिभेद हुने गरेको बताएका थिए । सहभागिहरुले नारिहरु अहिलेको समयमा पनि आफ्नै घरपरिवारबाट समेत सुरक्षित नभएको र अव आउने दिनहरुमा कुनै पनि महिलाहरले हिँसाको सिकार हुनु नपरोस त्यसको सुरुवात आफैबाट गर्ने प्रतिवद्धता समेत जनाएका थिए । महिला हिँसाको अन्त्य गर्न आफैबाट अर्थात आफ्नो घरबाटै सुरु गर्नुपर्ने कुरामा जोड दिएका हुन ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल गौमुल गाँउपालिकामा रहेको बालबिकास मा.वि की छात्रा प्रशंसा रोकाया, भएकी थिइन् भने दितिय बुढिगंगा नगरपालिकामा रहेको भानोदय मा.वि की छात्रा एलिना जैशी, तितिय बडिमालिका नगरपालिकामा रहेको मालिका नमुना मा. विकी छात्रा इन्सान बुढा, र सान्तवना स्वही बिद्यालयकी बिमला देवकोटा र त्रिवेणी नगरपालिकाका छात्र इव्श्रर साँउद, भएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले महिलाहरुलाई हाम्रो समाजले गर्भमा हुने समयमा पनि बिभेद गर्ने गरेको बताएका हुन । उनले महिलाहरुलाई जन्मने अधिकार समेत समाजले नदिएको बताए । महिला हंसाको अन्त्य गर्नका लागि मानिसहरुको बोलिमा भन्दमा पनि व्यवाहारमा पविर्तन हुनुपर्ने र महिला हिँसाको अन्त्य गनै एटाले मात्र नभई सवैले आचफ्–आफ्नो क्षत्रबाट लाग्नुपर्नेमा जोड दिएका हुन ।महिला हिँसाको अन्त्य गर्नका लागि सवैले पहिला आफु र आफ्नो घरबाटै लाग्नुपर्ने र बोलि मात्र नभई व्यवाहार पनि परिवर्तन गर्नुपर्ने उनको भनाई रहेको थियो ।
प्रहरी जवान जानकी कार्कीको अध्यक्षतमा संम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी रहनु चएको थियो भने कार्यक्रममा बिशिष्ट अथिति सहायक प्रमुख जिल्ला अधिकारी समिर कुमार भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख चर्तुभुज ओझा, जिल्ला स्थित सम्पुर्ण सरकारी तथा गैर सरकारी संघस्थामा कार्यरत प्रमुख एवम प्रतिनिधिहरु जिल्ला स्थित संचार माध्यमहरुमा कार्यरत संचारकर्मिहरु, बिभिन्न राजनिति दलका प्रमुख एवम प्रतिनिधि, शिक्षक बिद्यार्थी सुरक्षाकर्मी ल,गायतको उपस्थिति रहेको थियो ।