
बाजुरा– जिल्लाको सदरमुकाम मार्तडीमा रहेको वडा नं. ८ मा एक घर एक धारा अभियान कार्यक्रम संचालन भैरहेको छ । यसै क्रममा वडा नं. ८ का ४२ घरधुरीमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ ।सुरक्षित खानेपानी स्वच्छ समुदाय भन्ने मुल नारा बोकेको बडीमालिका नगरपालिका वडा नं. ८ ले ४२ घर धुरीमा एक घर एक धारा अभियान सम्पन्न गरेको छ ।

बडीमालिका नगरपालिका र युनिसेफ नेपालको आर्थिक सहयोगमा एक घर एक धारा अभियान सम्पन्न भएको हो । नगरपालिकाको चैडिलका ११ घर परिवारलाई एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको छ ।

बनाली खानेपानी उपभोक्ता समिति र कसडी खानेपानी उपभोक्ता समितिको आयोजनामा वडा नं. ८ को चैडिल स्थित रावलबाडामा एक घर एक धारा सम्पन्न भएको उपलक्षम आइतबार एक कार्यक्रमका साथ रिवन काटेर उद्घाटन गरिएको छ । त्यस्तै बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावलले धारामा पानी पिएर उद्घाटन गरेका थिए । बडीमालिका नगरपालिकाका उपमेयर कबिताबिष्ट र वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावलले धारामा रिवन काटेर उद्घाटन गरेका हुन ।

धारा उद्घाटन कार्यक्रमको अध्यक्षता उपभोक्ता समितिका अध्यक्ष वीर बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको हो । बडीमालिका नगरपालिकाकी उपमेयर कविता बिष्ट प्रमुख अतिथी रहेको सो कार्यक्रमको बिशिष्ट अतिथी वडा नंं ८ का वडा अध्यक्ष प्रकाश रावल, युनिसेफ नेपालका इञ्जिनियर राजेन्द्र जोशी र त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष एबम् बुद्विजीवी अशोक रावल रहनु भएको थियो । कार्यक्रममा जिल्लाका बिभिन्न संचार माद्याममा कार्यरत कर्मचारीहरुको पनि उपस्थिति रहको थियो कार्यक्रम वडा नं. ८ को चैडीलमा भएको हो ।

धारा उद्घाटन कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरुले कुनै पनि संरचना निर्माण गर्नु मात्र ठुलो कुरा नभएर त्यसको दिगो टिकाउका लागि संरक्षण गर्नु पर्ने कुरामा जोड दिएका थिए ।











