युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बझाङमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु | कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा १३ जना घाइते | गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी | भरुवा बन्दुक फेला | नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति बाजुराको आमन्त्रित सदस्यमा रोकाया मनोनीत | जिप व्यावसायिकले भाडा मनोमानी लिएको यात्रुको गुनासो | भुकम्प आउने हल्लाले रातभर जागराम, अफवाह फैलाउनेलाई कारबाहीको माग | सहिद दिवसको अवसरमा स्व. शाही लाई सामजिक राजनितिक क्षेत्रलाई कविता मार्फत व्यक्त | नेविसंघ बाजुराले सहिद दिवसको अवसरमा बाजुरा क्याम्पस परिसर भित्र सरसफाई गरेर मनाए | नेविसंघ बाजुरा क्याम्पस द्वारा शहिद दिवसको अवसरपारी क्याम्पस सरस |
41 पटक पढिएको

विष्णु थापा। काठमाडौं / शंकरप्रसाद खनाल। नेपालगन्ज / अनिल ढकाल। चितवन / ईश्वरकाजी खाइजू। भक्तपुर/ किशोर बुढाथोकी। विराटनगर / क्रान्ति शाह। वीरगन्ज :
कोरोना भाइरस संक्रमणबाट हुने मृत्युदर अत्यधिक बढेको छ। पछिल्लो २४ घण्टामा मंगलबार २ सय २५ जनाले ज्यान गुमाएका छन्। सोमबार यो संख्या १ सय ३९ थियो। संक्रमितको शव व्यवस्थापनमा नेपाली सैनिकहरू खटिएका छन्। जसले शवको व्यवस्थापन मात्रै होइन, अन्तिम सलामीसमेत अर्पण गर्छन्।

पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा आइपुग्ने आफन्तले अन्तिम अवस्थामा पनि सोध्छन्– ‘एकपटक मृतकको अनुहार हेर्न मिल्दैन ?’ त्यस बेला शव व्यवस्थापनमा खटिएका सैनिक भावविह्वल हुन्छन्। मन भक्कानिन्छ तर सहनै पर्छ। रोगै यस्तो ! सुरक्षित रूपमा पोको पारिएको शव खोल्न मिल्दैन।
सानोतिनो गल्ती र असावधानीले पनि आफैं संक्रमित हुने जोखिम रहन्छ। आफ्नै ज्यान जोखिममा राखेर ज्यादै चुनौतीपूर्ण काम गर्दै आएका छन्, नेपाली सैनिकले। नेपाली सेनाले सबै

निकायको सहयोग र सहकार्यमा कोभिड–१९ शव व्यवस्थापन कार्यविधिअनुसार काम गर्दै आएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए।
‘नेपाल सरकारले सेनालाई दिएको एउटा महत्वपूर्ण जिम्मेवारी हो। यो जिम्मेवारीलाई सबै निकायको सहयोग र सहकार्यमा सेनाले पूर्णरूपमा पूरा गर्दै आएको छ’, सैनिक प्रवक्ता पौडेलले भने, ‘धार्मिक, सांस्कृतिक तथा परम्परागत मूल्यमान्यतालाई आदर र सम्मान गर्दै काम गरिरहेका छौं।’

मोरङमा सीमित साधनस्रोतका कारण दिनभर पानीसमेत नपिई सैनिक जवान यो काममा खटिएका छन्। तर, कपितय शव घाट पुर्‍याइसक्दा कुनै बेला चितासमेत तयार हुँदैन। मृतकबाट संक्रमण फैलन नदिन जतिसक्दो चाँडो शव व्यवस्थापन गर्नुपर्ने हुन्छ। पर्सामा पनि पीपीई सेट र शव पोको पार्ने झोलाको अभाव हुन थालेको छ। यद्यपि, पूर्ण सावधानीका कारण कोही जनशक्ति संक्रमणमा परेका छैनन्।

चितवनमा खटिएका सैन्य अधिकारी भन्छन्– ‘हामी देशको खम्बा भएर बसेका छौं। खम्बा नै पछि हट्यो भने के काम लाग्यो र ? सेवा गर्न पाउनु संस्था र व्यक्तिका लागि गर्वको कुरा हो।’
कोरोनाको डरभन्दा पनि राज्यले दिएको जिम्मेवारीलाई ठूलो मानेको बाँकेमा खटिएका सैनिकको भनाइ छ। ‘हामीले गर्नै पर्छ। सेनाले नगरे कसले गर्छ ? हामीबाहेक अरू कोही पनि छैन भनेर दिएको काम स्वास्थ्य मापदण्ड पालना गर्दै पूरा गरेका हौं’, ती सैनिकले भने।

काली दल एयरपोर्टका उपसेनानी उज्ज्वलवरसिंह थापा कोरोनाको पहिलो लहरमा कमान्डरका रूपमा शव व्यवस्थापनमा खटिएका थिए। थापा अहिले पनि त्यही भूमिका निर्वाह गरिरहेका छन्। उनी २०–२५ पटक यो काममा खटिएका छन्।

पहिलो पटक शव व्यवस्थापनमा खटिँदा डर लागेको अनुभव थापाले सुनाए। ‘पहिलो पटक यो काममा खटिँदा मनमा डर थियो। आफू पनि संक्रमित हुने त होइन भन्ने द्विविधा पनि थियो’, उनले भने, ‘अझ आफन्तको शोक देख्न आफूलाई पनि नरमाइलो लाग्थ्यो। काम गर्दै जाँदा बानी पर्दै गयो। अहिले सामान्य लाग्छ।’

शव व्यवस्थापनमा खटिँदै गर्दा आफंै संक्रमित हुन्छु कि भन्ने जुन डर उनमा थियो, त्यो वास्तविकतामा परिणत भयो। उनी ड्युटीकै क्रममा संक्रमित हुन पुगे। उनी शव व्यवस्थापनका साथै स्वास्थ्य सामग्री भण्डारण तथा वितरणमा खटिएका थिए। ड्युटी गर्दागर्दै उनलाई सास फेर्न गाह्रो भयो। हातखुट्टा लल्याकलुलुक भए। त्यसमाथि लगातार पखाला लागिरह्यो। स्वास्थ्य समस्या हुँदाहुँदै उनले केही दिन ड्युटी गरिरहे। तर, उनलाई रोगले झनझन च्याप्दै लग्यो। कोरोना संक्रमणको शंका लागेर उनले पीसीआर परीक्षण गराए। रिपोर्ट पोजिटिभ आयो।
‘आफैं संक्रमित भएँ भनेर सुरुमा त विश्वास नै लागेन। रिपोर्ट आएपछि आइसोलेसनमा बसें। करिब दुई सातापछि कोरोनालाई जित्न सफल भएँ’, उनले भने।

उनको अनुभवमा अस्पतालभन्दा होम आइसोलेसनमा मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न अप्ठयारो र चुनौतीपूर्ण छ। ‘अस्पतालमा शवलाई डाक्टरहरूले कोभिड ब्यागमा राखिदिनुभएको हुन्छ। तर, घरमा भने शव त्यत्तिकै हुन्छ। घरबाट शव लैजाँदा विशेष सावधानी अपनाउनुका साथै परिवार र आफन्तजनलाई पनि सान्त्वना दिनुपर्ने हुन्छ’, उनले भने।
उनले शव व्यवस्थापनका क्रममा केही असहज परिस्थितिको पनि सामना गरेका छन्। शव व्यवस्थापन टोली नपुगिकन डाक्टरले मृत्यु प्रमाणपत्रमा सही नगरिदिने, शुल्क नतिरिकन अस्पतालले शव लैजान नदिने र पशुपति (आर्यघाट)मा आफन्त समयमा नआइदिने समस्या रहेको उनको भनाइ छ।

काली दलकै हुद्दा नरेन्द्र तिवारी पनि अघिल्लो वर्षदेखि नै शव व्यवस्थापनमा खटिएका थिए। तिवारी तीनपटक यो काममा खटिए। तिवारीले यसलाई आफ्नो जिम्मेवारीसँगै धर्म पनि मानेका छन्। ‘यो काम पहिलो त आफ्नो जिम्मेवारी हो। त्यससँगै धर्म पनि हो’, उनले भने, ‘त्यही सम्झिएर अहिलेसम्म काम गर्दै आएको छु।’

शव व्यवस्थापनका क्रममा निकै कष्ट सहनुपर्ने हुन्छ। पीपीईलगायत अन्य स्वास्थ्य सामग्री लगाएर काम गर्दा गाह्रो हुन्छ। अर्को कुरा घण्टौं पनि भोकभोकै काम गर्नुपर्ने अवस्था आउँछ। यस्तो अवस्थामा आफूले धैर्य राखेर काम गर्नुपर्ने हुद्दा तिवारीले बताए। ‘काममा खटिँदा न खाने टुंगो हुन्छ न त समयको नै’, उनी भन्छन्, ‘हामीले यस्तो बेलामा धैर्य राखेर नै काम गर्ने हो।’

उपत्यका पृतनाद्वारा टोली निर्माण
संक्रमितको शव व्यवस्थापनका लागि नारायणहिटीस्थित उपत्यका पृतनाले टोली र तालिका बनाउने काम गर्छ। एउटा टोलीमा ६ जनाको टिम हुन्छ। पृतनाले एक साताका लागि टोली र तालिका बनाउँदै आएको छ। जुन टोलीको पालो आउँछ, त्यो टोली सबैभन्दा पहिले दुईवटा मोटरसाइकलमा कोरोनाले मृत्यु भएको अस्पतालमा पुग्ने गर्छन्।

दुई मोटरसाइकलमध्ये एउटामा अक्सिजन हुन्छ भने अर्कोमा मेडिकल टिम। त्यो टोलीले अस्पताल पुगेर कागजी कामहरू गर्छ। मृत्यु प्रमाणपत्र, आफन्तको सहमति, वडाको सिफारिसलगायत कागजी प्रक्रिया पूरा गर्ने उपसेनानी थापाले बताए। त्यसपछि चण्डी दलमा रहेको शव व्यवस्थापनको गाडीमा अस्पताल एवं होम आइसोलेसनमा मृत्यु भएकाहरूको शव पशुपतिमा पुर्‍याउने काम गरिन्छ।

दाहसंस्कार पशुपति विकास कोषबाट
शव बढी भई विद्युतीय शवदाह गृहमा मात्र जलाउन नसकिने भए बागमती नदी किनारमा चिता बनाउने, दागबत्ती दिने, दाहसंस्कार गर्ने काम पशुपति विकास कोषका कर्मचारीले गर्दै आएका छन्। ती शव जलाउन धेरै दाउरा चाहिए त्यसको व्यवस्थापनको काम भने नेपाली सेनाले गर्ने गरेको छ।

‘एकै पटक धेरै शव भएमा त्यहाँ भएको दाउराले नपुग्ने हुन्छ’, विमानस्थलस्थित १४ बाहिनीका लेफ्टिनेन्ट कर्नेल दिनेश बानियाँले भने, ‘एउटा शव जलाउन २–३ सय किलो दाउरा आवश्यक पर्छ। यसका लागि थुप्रै दाउराको व्यवस्थापन गर्नुपर्ने हुन्छ।’

तालिम लिएकालाई मात्र जिम्मेवारी
कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनसम्बन्धी तालिम लिएका सैनिकलाई मात्र खटाउने गरिएको बाहिनीपति बानियाँले बताए। ‘हेडक्वार्टरबाटै तालिम दिएर मात्रै शव व्यवस्थापनमा खटाउन निर्देशन आएको छ’, लेफ्टिनेन्ट कर्नेल बानियाँले भने, ‘अनिवार्य रूपमा तालिम लिएकाहरूलाई मात्र काममा खटाउने गरेका छौं।’ उनले तालिमसँगै कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएकाहरूलाई मात्र शव व्यवस्थापनमा खटाउने गरेको जनाकारी दिए।

अनिवार्य क्वारेन्टाइन
शव व्यवस्थापनमा खटिएकाहरू अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ। यसैगरी उनीहरूले प्रयोग गरेका पीपीई, पञ्जा, मास्क, फेससिल्डलगायत सामग्री जलाउने वा खाल्डोमा पुर्ने गरिएको छ। बानियाँले एकपटक प्रयोग गरिएको सामग्री अर्को पटक प्रयोग नगरिने, त्यसलाई ‘डिस्पोज’ गरिने बताए।

यसैगरी शव व्यवस्थापनमा खटिनेहरूको मनोबल बढाउन सरकारले भत्ताको व्यवस्था गरेको छ। यस्तै सेनाले प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेको छ भने विभिन्न युनिटले दैनिक खान्कीमा दोब्बर व्यवस्था गरेका छन्। ‘शव व्यवस्थापनमा खटिएकाहरूको हौसला र मनोबल बढाउन विभिन्न तालिम, परामर्शसँगै नेपाली सेनाले प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेको छ भने सरकारले पनि भत्ताको व्यवस्था गरेको छ,’ सैनिक प्रवक्ता पौडेलले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!