बाजुरा– जिल्ला स्वास्थ्य कार्यालय बाजुराले बाजुरामा ५८ हजार ८ सय १ बालबालिकालाई टाइफाइड खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । टाइफाइड रोग विरुद्धको खोप सम्बन्धि जिल्ला समन्वय समिती तथा संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम मार्फत उक्त बालबालिकालार्य खोप दिने बताएको हो । बैशाख ४ गते देखि ८ गते सम्म लगाइने टाइफाइड खोप पहिलो प्राथमिकता विद्यालय बाट लगाउन सुरु गरी अन्तिम चरणमा स्वास्थ्य कार्यालयमा समापन गरिने बताइएको छ ।
नेपाल भरि चैत्र २५ गते देखि बैशाख १८ गते सम्म खोप लगाई सक्नुपर्ने भएको छ । त्यस अनुशार बाजुरामा पनि खोप अभियान संचालन गर्न लागेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । बैशाख ४ गते देखि ८ गते सम्म दिइने खोपमा १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाले खोप लगाउन पाउने छन् । बालकालिका लाइ दिन लागेको खोप ९६।९५ प्रतिशत प्रभावकारी रहेको स्वास्य कार्यालय बाजुरा प्रमुख दयाकृष्ण पन्तले बताए । स्वास्थ्य कार्यालय प्रमुख पन्तका अनुसार खोप सबै बाजुरामा पुगि सकेको र सोहि अनुसारको जनाशक्ति पठाएर बैशाख ४ गते बाट खोप लगाउन सुरु गरिने बताए । खोप लगाउन जाँदा १५ महिना देखि १५ वर्ष मुनीका बालबालिकाहरु भएको घरमा निमन्त्रणा पत्र पठाए पचारप्रसारलाई तिव्र पार्ने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
जिल्लाका ३ सय ४८ ठाउँमा रहेको खोप केन्द्रमा ३ सय ४८ स्वास्थ्यकर्मी र ६ सय ७६ समसेवक परिचालन हुने सूचना अधिकारी महेश चन्दले बताए । खोप समन्वय समिति संयोजक नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमलिका नगरपालिका नगरप्रमुख पदम बडुवाल रहेका थिए । विशिष्ठ अतिथि स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्त रहेको कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश चन्दले गरेका थिए ।











