बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका धुलाचौर बजारमा मलेरिया रोगको लागी आर.डि.टी. परिक्षा र पि.सि.आर. स्याम्पल संकलन गरिएको हिमाली गाउँपालिका धुलाचौर आधरभुत स्वास्थ सेवा केन्द्रका प्रयोगशाला कर्मचारी दिपक भण्डारीले बताउनु भएको छ।
हिमाली गाउँपालिका स्वास्थ शाखा अन्तर्गत धुलाचौर आधारभुत स्वास्थ सेवा केन्द्रको प्रयोगशाला ( ल्याब बाट)
र इपिडिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रोजेक्ट अनुसार हिमाली गाउँपालिका वडा न.६ को बोल्डिक र स्थानीय बजार धुलाचौरमा आर.डि.टि. परिक्षण र पि.सि.आर. स्याम्पल संकलन गरिएको छ।
विशेषगरी मलेरिया रोगलाई नियन्त्रण गर्नेको लागी हिमाली गाउँपालिका स्वास्थ शाखा अन्तरगत धुलाचौरमा रहेको स्थानीय बजार र वडा न.६ को बोल्डीक बस्तिहरुलाइ सबैलाई मलेरिया रोगको परिक्षण गर्दा सबैलाई नेगेटिभ सन्केत गरि जम्मा एक जना मात्र देखा परेको छ आधारभुत स्वास्थ केन्द्रले बताएको छ।











