बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा रहेकोे भवानी माध्यमिक बिधालयमा स्वास्थ सम्बन्धि आँखा, दात र कानको एक दिने शिविर सन्चालन गरिएको छ।
उक्त स्वास्थ शिविरमा १८३ जनाले सेवा लिएको धुलाचौर आधारभुत स्वास्थ सेवा केन्द्रका स्वास्थ ल्याप कर्मचारी दिपक भण्डारीले बताउनु भएको छ।
एक दिने शिविर सन्चालनको उद्घाटन हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले गर्नु भएको छ। शिविर सन्चालन विशेषगरी हिमाली गाउँपालिका भरी जनतालाई दात, आँखा र कान सम्बन्धि शिविर सन्चालन गरिएको छ।
नि: शुलक रुपमा स्वास्थ दात, आँखा र कान को चेकजाँच उपचार गरिएको छ।
आज धुलाचौरमा भएको स्वास्थ शिविर संगै बाजुराका स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका बुढिनन्दा नगरपालिका लगायत मुगु जिल्ला का केही स्थानीय तह र हुम्ला जिल्ला तल्लो भेगका जनताका लागी दात, आँखा र कान सम्बन्धि विशेष एक दिने शिविरमा सेवा लिएको पाइएको छ।
एक दिने गाउँपालिकाको आयोजनामा हिमाली गाउँपालिका धुलाचौरमा दात, आखा र कान सम्बन्ध शिविर सन्चालनमा १८३ जनाले सेवा लिएको हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ।











