बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.४ को फैतिमा क्षयरोग खोपपडताल तथा १ दिने अभिमुखिकरण कार्यक्रम सप्पन्न गरिएको छ।
अभिमुखिकरण कार्यक्रममा अध्यक्षता हिमाली गाउँपालिका नि. वर्तमान वडा अध्यक्ष रमेश वि.क. अथिती खम्बो जोशी र धुलाचौर आधारभुत स्वास्थ केन्द्रका ल्याप कर्मचारी दिपक भण्डारी लगायत स्थानीय बासिन्दा सहितको सहभागितामा अभिमुखिकरण कार्यक्रम गरिएको थिए।
हिमाली गाउँपालिका कार्यालयको आयोजनामा वडा न. ४ फैति आधारभूत स्वास्थ केन्द्रमा अभिमुखिकरण कार्यक्रम गरेको छ। वडा न.४ को फैती आधारभुत स्वास्थ केन्द्रमा १० जना र वडा न.५ को रुगिन स्वास्थ आधारभुत स्वास्थ केन्द्रमा क्षयरोग जोखिम समूह तथा स्वास्थ खकार ४९ जनाको परिक्षण गरिएको छ।
सेवाको पहुँच कम भएका समुदायका लागि क्षयरोग खोपपडताल तथा १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ। जस्मा गाउँमा ठाउँमा रहेका क्षयरोग रोगले बसेका मान्छेहरुलाई विशेष गरि अभिमुखिकरण कार्यक्रम सहित स्वास्थ खकार परिक्षण गरिएको छ।
सबै वडामा क्षयरोग बाट लागेका मान्छेलाई परिक्षण गरिनेछ । उक्त हालसम्म वडा न.४ र ५ को वडा सकियो छ । भन्ने बाकी ५ वटा वडामा यो महत्त्वपूर्ण क्षयरोग सम्बन्धि अभिमुखिकरण तथा वडामा रहेको सम्मभावित देखा परेकोलाई बिशेष परिक्षण गरिएको छ।
वडा न.४ र वडा न.५ का गरि ४९ जनालाई मान्छेलाई क्षयरोग सम्बन्धि खकार परिक्षण गरिरहेका धुलाचौर आधारभुत स्वास्थ केन्दमा ल्याप कर्मचारी दिपक भण्डारीले बताउनु भएको छ।











