हेटौडाः नेपाल प्रेस यूनियनको नवौं केन्द्रीय महाअधिबेशनको पुर्ण तयारी पुरा भएको छ । श्रावण ६ गते महाधिबशनको उद्घाटन हुँदैछ । नेपाली काँग्रेसका सभापति एबम् नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्याक्रम रहेको छ ।
२०६७ सालमा नेपालगञ्जमा हुने भनिएको महाधिबेशन कोरोनाका कारण पछाडी धकेलिएको हो । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय कार्य समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेन छ । श्रावण ७ गते सम्म हुने महाधिबेशनमा देशका ७७ वटै जिल्लाबाट आएका प्रनितिधीहरुले हेटौडा बजार नै भरिएको छ ।
हेटौडाको रोयल पाटी प्यालेसमा हुने महाधिबेशनमा निकै सजावट देखिएको छ ।
लामो समय पछि मात्र भएको महाधिबेशनमा बिषेशतः दुई टिमबाट दुई जनाले अध्यक्ष पदमा दिने भएका छन । जसमा संस्थापन पक्षबाट अनिता विन्दु र इतर पक्षबाट शिव लम्साद अध्यक्षमा लड्ने भएका छन । केन्द्रीय समितिमा वरिष्ट उपाध्यक्ष, उपाध्यक्ष, सचिव, उप महासचिव, महासचिव र केन्द्रीय सदस्य गरी ५० जना बढीको समिति हुन्छ ।
श्रावण ६ गते बिधिवत रुपमा उद्घाटन भए पश्चात श्रावण ७ गते बन्द सस्त्र हुने आयोजकले बताएको । वन्दसस्त्र पश्चात मनोनयन दर्ता प्रकृया अगाडी बढेर सहमतिका लागी समय लिइने छ भने सहमति हुन नसके पछि अधिबेशनको माओल चाुनाव तर्फ जाने भएको छ ।