युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
370 पटक पढिएको

बिमला रावल
२०७९ श्रावण १६

काठमाण्डौ– बडिमालिका नगपालिकाले बडिमालिका यात्रा पर्यटन बर्ष रुपमा सफल पार्न पत्रकार सम्मेलन गरेको छ । पर्यटन प्रबर्दधनका लागि यस वर्ष २०७९ बाट बडिमालिका बर्ष यात्रा सुरु गरिने भएकाले राज्यका तर्फबाट बिशेष पहल होस् भनेर ध्यान आर्कषण गराउन नगपालिकाले काठमाडौंमा पत्रकार सम्मेलन गरेको हो ।

मानव बिकास सूचांकमा पछाडी परेको बाजुरा जिल्लामा अवस्थित धार्मिक र पर्यटकिय संस्कृति बोकेको बडिमालिकालाई महत्व दिनका लागि राज्यका तर्फबाट बिशेष पहल होस् भन्ने ध्यान आर्कषण गर्न पत्रकार सम्मेलन गरिएको बडिमालिका नगपालिकाका नगरप्रमुख खड्काले बताए ।

नगरप्रमुख खड्काले भने–‘धार्मिक, प्राकृतिक र सांस्कृतिक हिसावले महत्व बोकेको यस स्थानलाई राज्यले नीतिगत तहमा जसरी महत्व दिनुपर्ने हो त्यो नदिएका कारणले गर्दा हामीले अहिले संघीयताको मोडलमा संघ, प्रदेश र स्थानीय तहले आ आफ्नो तर्फबाट यसको प्रचार–प्रचार र उजागर गर्न पहल गरोस् ।’

श्रावण महिनाको पुर्णिमाको दिन लाग्ने मेलालाई महत्वपुर्ण अवसरका रुपमा लिदै यस मेलाले मात्र यसको महत्व र यहाँको पर्यटकिय महत्वलाई उजागर गर्न नसकिने भएकाले त्यसका लागि त्यहाँका समग्र पर्यटन क्षेत्रमा काम गर्ने ब्यवसायिकहरुका लागि प्याकेजको रुपमा लिन कसरी प्रबर्द्धन गर्न सकिने नगरप्रमुख खड्काले बताए ।

  बडिमलिका नगरप्रमुख अमर खड्का

पत्रकार सम्ममेलनमा बोल्दै बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिहं ऐरले सुदुरपश्चिमलाई चिनाउने यस देवोभूमि बडिमालिकाको प्रचार प्रसार गर्न र राष्ट्रिय मुलधारमा ल्याउन पर्यटन बोर्डको सहयोग सदैव रहने बताए । उनले यसका लागि सुदुरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारका निर्णयलाई कार्यन्वयन गर्न पहल गरिने बताए ।

निर्देशक ऐरले भने, “बोर्डले लामो समयदेखि यसको ब्यापक प्रचार प्रसार गर्ने तर जबसम्म यसलाई राष्ट्रिय मुलधार र टे«किङ् रुटको रुपमा जोड्न सक्दैनो यसको प्रचार प्रचार हुन सक्दैन । यसका लागि प्रदेश र स्थानीय सरकारले गरेको निर्णयलाई सहयोग गर्दै यसका लागि पहल गर्नेछौ ।”

धार्मिक आस्था र विश्वाससँग जोडिएको यस पबित्र स्थललाई यसलाई राष्ट्रिय रुपमा चिनाउने बिभिन्न कार्यक्रम गरिसकेको छ । पर्यटन ब्यवस्थापनको लागि पुर्वाधार बनाउन आबश्यक पहल प्रदेशमा गरिएको उनले बताए ।

यसअघि बडिमालिका नगरपालिकाका प्रमुख खड्का र प्रवक्त धर्मराज पाध्याय र वडा नं. ६ का वडाध्यक्ष कृष्ण खड्काले पर्यटन बोर्डका अधिकारीहरुसँग यसबारे छलफल गरिसकेका छन् ।

बाजुरा जिल्ला भौगोलिक अवस्था र बिकासका पुर्वाधारमा पछाडी परेपनि यहाँका सौन्दर्यता अतुलनीय छ । यस जिल्लामा अवस्थित बडिमालिका धार्मिक आस्था बोकेको र प्राकृतिक सुन्दरताले भरिपुर्ण नेपालका प्रमुख तिर्थस्थल मध्य एक हो । यस पवित्र स्थलमा प्रतेक बर्षको जनैपुर्णिमाको दिन भब्य पुजा लाग्ने गर्दछ ।

बडिमालिका समुन्द्री सतहबाट करिब ४ हजार २ सय २७ मीटरको उचाइमा छ । हिउँदमा सेताम्य हिउँ पर्छ, सदैव जसो चिसो सिरेटो चलिरहन्छ । चैत्रदेखि असोजसम्म मात्रै यो पवित्र स्थालमा पुग्न सम्भव हुन्छ ।
बिश्व खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!