बाजुरा- हिमाली गाउँपालिका वडा न.१ को बामु गाउँकी नानी रोकाया बाटोमै सुत्केरी बेथा लाग्दा वडा अध्यक्ष भण्डारी र स्वास्थ कर्मिले गरे उद्धार गरिएको छ।
गर्भवती बेथा भएकी रोकाया लाई हिमाली गाउँपालिका वडा अध्यक्ष जोख्या भण्डारी सहित स्वास्थ कर्मचारी टोलि उद्धार गरिएको छ। बामु घर भएकी नानी रोकाया बाटैमा सुत्केरी बेथा लागेपछि वडा अध्यक्ष सहित बिच्छ्या स्वास्थ चौकी कर्मचारी अनमी भावना रोकाया र अनमि
सरिता घिसिङ सुत्केरी बेथा लागेको महिला लाई उद्धार गरिएको वडा अध्यक्ष भण्डारीले बताउनु भएको छ।
गाउँ सुत्केरी गराउन गाउँमा सुत्केरी प्रस्तुति सेवा नहुदा गाउँमा सुत्केरी गर्ने समस्या भएको छ । अहिले गाउँमा रहेको बामु आधारभुत स्वास्थ सेवा केन्द्रमा एक जना कार्यरत अहेव कर्मचारी राजेन्द्र रोकाया कामकाज गरिरहेका छन । गाउँमा बाथिङ सेन्टर नहुदा बिच्छ्या स्वास्थ चौकी पुर्याउन पैदल यात्रा गरेर जानुपर्ने हुँदा बाटोमा समस्या भएको कार्यरत स्वास्थ कर्मचारी राजेन्द्र रोकाया बताउनु भएको छ ।
गाउँ बाट स्वास्थ चौकी बिच्छ्यामा बामु गाउँ देखि स्वास्थ चौकी पुग्न दुई घण्टा पैदलमार्ग भएर जानुपर्ने अबस्था रहेको छ। गर्भवती भएकी महिलालाई बाटोमा बेथा लागेको जानकारी आएपछि वडा अध्यक्ष भण्डारी सहित स्वास्थ कर्मचारी बिच बाटैमा गएर बिच्छ्या स्वास्थ चौकी अ.न.मी. भावना रोकाया सहित गएर सुत्केरी गराएको बिच्छ्या स्वास्थ चौकी कार्यरत अनमी भावना रोकाया जानकारी दिनु भएको छ ।
स्वास्थ चौकी लैजानको लागि यातायात असुबिधा हुँदा सुत्केरी गराउनु पर्ने समस्या भएको हो। यदि सडक संचालन भएको भए सुत्केरी भएको महिला सजिलोसँग स्वास्थ सेवा सुबिधा गर्वती गर्ने समस्या रहेको अबस्थामा बताएको छ ।
गाउँमा आधारभुत स्वास्थ इकाई केन्द्र संचालनमा आएको छ। स्वास्थ संस्थामा कार्यरत स्वास्थ कर्मचारी अहेव एक जना रहेको हो तर गाउँमा बाथिङ सेन्टर सेवा बिच्छया स्वास्थ चौकीमा ल्याएर गराउनु पर्ने हुँदा मात्र हुँदा सुत्केरी गराउन समस्य भएको हो। गाउँ बाट करिब दुई घण्टा पैदल हिडेर बिच्छया स्वास्थ चौकीमा स्टेचरको माध्यममा लिनुपर्ने भएकाले गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ चौकीमा सेवा सुबिधा हुँदा गाउँ बाट सुत्केरी बेथा लाग्दा हिडेर पैदल गरेर लिनुपर्ने हुँदा बाटैमा समस्या भएको छ।
अबको आगामी दिनका बाकी समस्या समाधान गर्नेको लागि नजिकैको स्थानीय सरकार रहेको हिमाली गाउँपालिका समस्या लाई समाधान गरिनेछ गाउँमा रहेका विभिन्न सामाजिक तथा भौतिक समस्या का लागि जनता बिचमा रहेर कामकाज खटिएर आफु लागिपरेको हिमाली गाउँपालिका वडा न.१ का वडा अध्यक्ष जोख्या भण्डारीले बताउनु भएको छ।
जिल्लाकै विकट र भौगोलिक दृस्ठिकोण पछाडीएको बामु गाउँबाट बिच्छ्या स्वास्थ्री चौकी पुग्न करिब २ घण्टा पैदल दुरिमा रहेको छ। बामु गाउँ अति दुर्गम गाउँ भएको हुँदा । गत आर्थिक वर्ष गाउँपालिका आफ्नै श्रोत बाट स्वास्थ्य संस्था स्थापना गरिएको छ। एक जना अहेव नियमित कार्यरत स्वास्थ कर्मचारी रहेका छ्न । बामु आधारभुत स्वास्थ इकाई केन्द्रमा सामान्य बिरामी औषधि उपचार गरिने कामकाज भएको छ ।
गाउँ बाट बर्थिङ सेन्टर पुग्न सडक संजाल नहुदा पैदल यात्रा गरेर गाउँ देखी करिब दुई घण्टा हिडेर नजिकैको बिच्छ्या स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा सेवा सुविधा गरिरहेका छन। त्यस्तो भएको हुदा बामु गाउँ बाट बिछ्या स्वास्थ्य चौकी सुत्केरी गराउन जादै गर्दा २२ बर्षकी नानी रोकाया लाई बाटो मै सुत्केरी बेथा लागेपछि वडा अध्यक्ष थाहा पाएपछि वडा अध्यक्ष जोख्या भण्डारीले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीलाई जानकारी गराएको हुन। जानकारी पाउनु साथ बित्तिकै अधिकृत भण्डारीले स्वास्थ्य शाखा प्रेमकला मल्ल र बिच्छया स्वास्थ्य चौकी इन्चार्ज सुवास रोकायाले बाटो मै सुत्केरी बेथा लागेको थाहा पाएपछि तुरुन्तै गएर सुत्केरी बेथा उदार गर्न लगाएको हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ।
बिछ्या स्वास्थ्य चौकी बाट अनमी भावना रोकाया अनमी सरिता घिसिङ र स्विपर लक्ष्मी थापा सहित स्वास्थ्यकर्मी टोलि गएर बाटो मै सुरक्षीत सुत्केरी गराइएको हो । आमा र बच्चाको अवस्था सामान्य रहेको छ। स्वास्थ्य चौकी मा ल्याएर थप उपचार गरि सुत्केरी महिला घर फर्किनु भएको बिच्छया स्वास्थ चौकी इन्चार्ज सुबास रोकायाले बताउनु भएको छ ।











