बाजुरा– नेपाल निजामति कर्मचारी यूनियनले आफ्नो स्थापना दिवशको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।आइतबार आफ्नो स्थापना दिवसको अवसरमा फलफुल वितरण गरेको हो ।

युनियनका अध्यक्ष कुल बहादुर रावलको अध्यक्षतामा फलफुल वितरण गरिएको हो । जिल्ला अस्पताल बाजुराको सैयाँमा बिभिन्न रोका कारण उपचारार्थ रहेका विरामीहरुलाई कर्मचारी यूनियनको स्थापना दिनको स्मरण गर्दै फलफुल बितरण गरेर स्थापना दिवस मनाएको हो ।

फलफुल वितरणमा नेपाली काँग्रेसका सह–महामन्त्री बद्री पाण्डे, नेपाली काँग्रेस जिल्ला कार्य समिति रामसिंह रावल, नेपाली काँग्रेस जिल्ला कार्यसमिति निवर्तमान सभापति कविराज पण्डित, नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति पदम बहादुर बडुवाल, पुर्व पाटी सभापति मन हादुर रावल, काषाध्यक्ष भिमानन्द पाण्डे, प्रदेश, ने.बि.संघ पुर्व जिल्ला अध्यक्ष सूरेन्द्र सिंह, प्रदेश (क) सचिव कृष्णराज पाध्याय लगायत नेपाली काँग्रेसका नेताहरुले बिरामीलाई फलफुल वितरण गरेका हुन ।

बिरामीहरुलाई फलफुल वितरण गर्दै काँग्रेस सहमहामन्त्री वद्री पाण्डेले नेपाल निजामति कर्मचारी युनियनले स्थापना दिवसको अवसरमा बिरामीहरुलाई थोरै भए पनि बिरामीहरुलाई सहयोगी भावना देखाएकोले सबै संघ संस्था, ब्यक्ती र समुदायले आफ्नो जन्म दिवस मनाउदा तडक भडक र खर्चिलो नभएर यसै गरी अशक्त असहाय, गरीब रोगले थलामा परेका ब्यक्तीहरुलाई दुखेको घाउमा मलम लगाउने काम गर्दै सहयोग गरे पीडित आत्माले सान्तोना पाउने बताउदै नेपाल निजामति कर्मचारी युनियन बाजुरालाई धन्यबाद प्रकट गर्नु भएको थियो ।

जिल्ला अस्पताल बाजुराका अध्यक्ष मान बहादुर कार्कीले नेपाल निजामति कर्मचारी युनियन बाजुराले स्थापना दिवशको अवसर पार्दै अस्पतालको सैयामा उपचाररत रहेका बिरामीहरुलाई फलफुल वितरण गरेर स्वास्थ्य लाभको कामना सहित हौसला बढाएकोमा धन्यबाद ब्यक्त गरेका थिए ।











