बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका वडा न.६ को धीम गाउँमा १ सय ४३ जना बालबालिकाहरुलाई द्रोसो फाईजर खोप लगाएको छ।
हिमाली गाउँपालिका स्वास्थ शाखा आधारभुत स्वास्थ सेवा केन्द्र धिम गाउँमा सरकारी बिधालय तथा निजि बिधालयका बालबालिका लाई खोप सेवा लगाएको छ। विश्वभरी फैलिएको महामारी रोगलाई नियन्त्रण गर्नेको लागी भदौ ३१ गते देखि असोज १ र २ गते निरन्तर खोप सञ्चालन गरिनेछ।
पालिकाका आफु लाई नजिकै पर्ने स्वास्थ सेवा केन्द्र गएर ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिका हरु लाई द्रोसो फाईजर खोप लगाएको छ। भदौ ३१ गतेको दिनमा गाउँमा रहेका बालबालिकाहरुले बुधबार १ सय ४३ जना बालबालिकाहरु लाई द्रोसो फाईजर खोप लगाएको धिम आधारभुत स्वास्थ सेवा केन्द्र कार्यरत स्वास्थ इन्चार्ज कमल रोकायाले बताएको छ।
गाउँपालिकाका सातै वडामा रहेका स्वास्थ सेवा संस्थामा स्थानीय नागरिकहरु लाई सहज गर्ने वडामा भएका स्वास्थ सेवा केन्द्रमा द्रोसो फाईजर खोप सञ्चालन गरिएको छ। नजिकैबाट रहेको स्वास्थ सेवा गएर बालबालिकाहरुलाई खोप लगाउने गरिएको छ। सबैभन्दा आजभोलि बढी रोग देखिएको ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकाहरु लाई पहिलो खोप लगाएका बालबालिका लाई द्रोसो फाईजर खोप सेवा लगाउने गरिएको हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताउनु भएको छ।
गाउँपालिकाका सम्पुर्ण बालबालिकाहरुलाई खोप लगाउन वडामा रहेका स्वास्थ कर्मचारी र कार्यालय सहयोगी लाई गाउँ टोल बस्तीमा खटिएका छौ। जुन बालबालिकामा फैलिएको महामारी रोगलाई नियन्त्रण गर्नेको लागी खोप अभियान सुरु भएको छ। गाउँमा ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकाहरु लाई पहिलो खोप लगाउने गरिएको छ। बुधबार देखि वडामा रहेका प्रत्येक स्वास्थ सेवा केन्द्रका बालबालिका लाई द्रोसो फाईजर खोप सेवा कार्यक्रम सञ्चालन गरिएको हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत कविन्द्रराज पाण्डेले बताउनु भएको छ।











