बाजुरा–जिल्ला त्रिवेणी नगरपालिका र युनिसेफको साझेदारीमा एक घर एक धारा निर्माण गर्ने अभियान सञ्चालन गरेका छ ।त्रिवेणी नगरपालिका वडा ४ जुकेपानि टोललाई शुक्रबार एक कार्यक्रमका विच सुरक्षित खानेपानी टोल घोषणा गरेका थिऐ सुरक्षित खानेपानी टोल घोषणा गरेर जुकेपानी उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र साउदको अध्यक्षतामा कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।यस कार्यक्रम को प्रमुख अतिथि नगर प्रमुख कर्ण बहादुर थापा विशिष्ट अतिथि नगर उप प्रमुख कमला (जैशी)न्यौपाने वडा ४ का अध्यक्ष गणेश साउद नगर प्रमुखका स्वकीय सचिव खेमराज गिरी ईन्जिनियर देवि न्यौपाने ईन्जिनियर नविन साउद लगाएको उपस्थिती पनि रहेको थियो । ईन्जिनियर नवीन साउदले भने जुकेपानी सुरक्षित खानेपानी २२ लाखको लागतमा निर्माण कार्य सम्पन्न गरेको थियो ।
जस मध्य युनिसेफको १० लाख नगरपालिका ७ लाख र जनताको सर्वदान ५ लाख रूपैयाँ रहेको छ। जुकेपानि टोलमा जम्मा ३३ घर धुरी संख्यामा रहेको टोलमा ३३ धारा निर्माण गरेको ईन्जिनियर नवीन साउदले बताऊनु भएको छ ।











