
अशोक कुमार शाही (कालिकोट)– कालिकोट जिल्लाको खुलालु निर्माणाधिन पुलका ईन्जिनियर २३ बर्षिय उदय भण्डारीको सोमबार जिल्ला अस्पताल कालिकोटमा मृत्यु छ । आईतवार बिहान विहान ज्वारो आएर उपचारको लागि एम्बुलेन्स मार्फत राति ११ वजे जिल्ला अस्पताल कालिकोट पुगेका भण्डारीको केही समय पछि मृत्युु भएको अस्पताल स्रोतले जनाएको छ । अत्याधिक ज्वरो आएको भण्डारी अस्पतालमा उपचार भैरहेको थियो । मृतक भण्डारीले एकछिन शौचालय गएर फर्किने क्रममा आफुलाइ अति नै चिसो भएको बताए । उनी सँगै आएका सहयोगीहरु संग मृतक भण्डारीले भने म अब बाच्दैन होला मलाई अतिनै ज्वरो आइ सकेको छ ।, निज भण्डारी बिरामीका कुरुवाले उनलाई न्याने गरेर सुताइ रहेको बेलामा एकाएक इञ्जिनियर भण्डारीको मृतयु भएको उनका आफन्त जनक बहादुर बिष्टले बताए । इञ्जिनियर भण्डारीको मृत्यु किन कसरी के कारणले भएको हो भन्ने बिषयमा थाहा हुन सकेको छैन ।