
बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ मा एक दिने आँखा कान र अपाङ्गता भएकाहरुका लागि एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । वडा कार्यालय बडिमालिका नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सो शिबिर सम्पन्न भएको छ । गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा सो शिबिर सम्पन्न भएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।
सो शिबिरमा करिव १ सय जनाले सेवा लिएको वडा अध्यक्ष पाध्याययले बताएका छन । वडामै बिषशेज्ञ सहित सेवा दिएकोले धेरैले लाभ लिएको वडा अध्यक्ष पाध्यायले बताएका छन । सो शिबिरमा धेरै अशक्त तथा बिपन्नहरुलाई त्यहाँ बाट बिरामी छनौट गरी बिषशेज्ञ सहित निशुल्क उपचारका लागि बाहिर लिन सकिने स्वास्थ्य कर्मीहरुले बताएका छन ।शिविरबाट थोरै भएपनि सहजता मिलेको र गाँउमै यस्तो शिविर आँउदा हामीले हाम्रो उपचार सहज तरीकाले लिन पाएको स्थानियहरूको भनाइ रहेको छ।
सो शिविरबाट सोही वडाका करीब एकसय जना मानिसले सो सेवा लिएका छन । यसरी यस्ता शिविर अझै गाँउ घरमा पटकपटक आउन र सबै स्थानियका रोगको उपचार सजिलै तरीकाले होस भनेर स्थानियले गुनासो पोखेका छन । यसरी शिविर घर नजिकै आँउदा आफुले आँखा,कान,को सजिलै उपचार लिन पाँउदा स्थानिय खुसी भएका छन ।