धनगढी–धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्म मुख्य सडक निर्माणको काम सुरु भएको छ। एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको काम शुक्रवारदेखि सुरु गरिएको हो।
धनगढीको ट्राफिक चौराहादेखि कैलाली नालासम्म (१ हजार ३ सय ८० मिटर) सडक निर्माणका लागि यसअघि नै सम्झौता गरिएको भएपनि काम हुन सकेको थिएन्। २०७७ असार अन्तिम साता धनगढी चौराहदेखि कैलाली पुलसम्मको सडक सहित धनगढीका ७ वटा सडक निर्माणका लागि सम्झौता भएको थियो।
उक्त सम्झौता क्षेत्रीय सहरी विकास आयोजना र निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिबीच भएको थियो। तर सम्झौता भएको दुई वर्षभन्दा बढी समय वितिसक्दा पनि काम हुन सकेको थिएन्। ७ वटा सडक निर्माणका लागि दुई वर्षको ठेक्का सम्झौता गरिएको थियो। ढिलै भए पनि धनगढी चौराहदेखि कैलाली पुलसम्म सडक निर्माणका लागि आजबाट काम सुरु भएको हो।