युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
359 पटक पढिएको

सुदूरपश्चिम–प्रदेशमा ७ वर्षको अवधीमा झण्डै १६ सय जना कुष्ठरोगी भेटिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म प्रदेशभर एक हजार ५९१ जना कुष्ठ रोगी भेटिएका हुन् ।
स्वास्थ्य निर्देशनालयले विभिन्न स्वास्थ्य संस्था, स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा समुदाय स्तरमा गर्ने खोज परिचालन कार्यक्रमका क्रममा वर्षेनी कम्तीमा पनि डेढ सयदेखि तीन सय जनासम्म कुष्ठ रोगी फेला पर्ने गरेका छन् । रोग लुकाउनु हुँदैन भन्ने चेतनाका कारण बिरामीहरु उपचार गर्न आएकाले संख्या बढेको हुन सक्ने निर्देशनालयका अधिकारीहरु बताउँछन् ।
स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाकाअनुसार प्रदेशका विभिन्न जिल्लामा गरिएको खोज परिचालन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७२÷७३ मा २०८ जना कुष्ठ रोगी भेटिएका थिए ।
त्यो संख्या आर्थिक वर्ष २०७५÷७६ सम्म वर्षेनी पृद्धि हुँदै गएको देखिन्छ । आर्थिक वर्ष २०७३÷७४ मा २०९ जना, आर्थिक वर्ष २०७४÷७५ मा २९८, आर्थिक वर्ष २०७५÷७६ मा २५४ जनामा कुष्ठ रोग भेटिएको थियो । तर आर्थिक वर्ष आर्थिक वर्ष २०७६÷७७ देखि भने संख्यात्मक रुपमा अघिल्ला वर्षको भन्दा कम मानिसमा रोग देखिएको छ ।
आर्थिक वर्ष आर्थिक वर्ष २०७६÷७७ मा १३७ जनामा रोग भेटिएकोमा आर्थिक वर्ष आर्थिक वर्ष २०७७÷७८ मा २०८ र ०७८÷७९ मा २०५ जनामा रोग भेटिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा भने ७२ जना कुष्ठ रोगी भेटिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ
कुष्ठरोग संक्रामक भएपनि अहिलेसम्म मानिसको ज्यान नगएको क्षयकुष्ठ अधिकृत ओझाले बताए ।
तर कुष्ठ रोग लागेका व्यक्तिले कम्तीमा पनि ६ महिनादेखि २४ महिनासम्म उपचार गराउनुपर्ने बताउदै ओझाले सरकारले निःशुल्क औषधी दिदै आएको पनि जनाए ।
उनका अनुसार कुष्ठ रोग पत्ता लागेकामध्ये हाल सबैभन्दा बढी कैलालीमा एक सय ३१ कञ्चनपुरमा ३२ र अछाममा २५ जना उपचारमा रहेका छन् । डोटीमामा ५, बाजुरामा ४, बझाङमा ३, दार्चुला र बैतडीमा २÷२ र डडेल्धुरामा १ जना कुष्ठ रोगी उपचाररत रहेको
ओझाले बताए । गत वर्ष प्रदेशमा २०५ जनामा कुष्ठ रोग लागेको पाइएकोमा १११ पुरुष, ९४ महिला, २ बालबालिका र १९ जनामा अपांङ्गताका लक्षण देखिएका थिए । उनीहरु मध्ये १६० जनामा बढी सर्ने र ४५ जनामा कम सर्ने कुष्ठ रोग देखिएको थियो ।
जनस्वास्थ्य अधिकृत ओझाकाअनुसार कुष्ठ रोग लागेमा दुःखाइ नहुने गरेका कारणले धेरैले लामो समयसम्म थाहा नपाइने हुन्छ तर हातखुट्टा झमझम गरे, पिठ्युमा दाग देखिए, छाला लाटो, रातो, फुस्रा दाग देखिए, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिएमा तत्काल उपचार गराउनुपर्ने ओझाको सुझाव छ । नेपालमा सरकारले सन् २०१० मा कुष्ठरोग निवारणको घोषणा गरेको थियो भने सन् २०३० सम्म कुष्ठ रोगलाई शून्यमा पु¥याउने लक्ष्य लिएको छ । अनलाइन खवरबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!