युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
धनगढीका नगर प्रमुखलाई ज्यान मार्ने धम्की, प्रहरी एक्सनमा | बाजुरा क्याम्पसमा खेलकुद सप्ताह आजबाट सुरु | व्यवस्था बलियो बनाउन कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छः काँग्रेस सहमहामन्त्री पाण्डे | मार्तडी–कोल्टी नियमित बस सेवा र ईलाका प्रशासन कहिले स्थापना हुन्छः कुण्डाली सेवा समाज | बाजुराका प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार | मार्तडीबाट एक सुत्केरी महिलाकाे हेलिकप्टर मार्फत उद्वार | बाजुराको एक पसलमा आगलागी,ठुलो क्षेती भएको अनुमान | जय नेपाल कप सुरुः ऐश्वर्यको विजयी सुरुवात | कर्णाली पुलमा आगलागी, ग्यास बोकेको ट्रक जल्यो | चुथी स्वास्थ्य चौकीमा आजबाट स्मार्ट हेल्थ सेवा संचालन |
439 पटक पढिएको

राजन कुमार शाही- सहिद दिवसको अवसर पारेर स्व.मदन शाही लाई सम्झिदै गाउँको सामजिक राजनितिक चित्र लाई कबिता मार्फत लेखिएको छ।

स्व.मदन शाही लाई राजन शाहीले आफ्नो राजनितिक आदर्श र प्रेरकका रुपमा लिएर उहाँको सहित दिवस मौकामा पारी आफ्नो विचार र धारण राखेर कविता बनाएको छ। स्व.शाही लाई श्रद्धासुमन अर्पण गरेको छ । सहित दिवस माघ १६ गते आज उनको न्यायको खातिर राजनितिक बाटो परिवर्तन गरेको कबिता मार्फत स्व.शाहीलाई लेखक राजन कुमार शाहीले कविता मार्फत स्व.शाही लाई श्रद्धासुमन अर्पण गरेको छ ।

तिम्रो चटक्क को जिउडाल!!
लामो कर्ली केश!!
अनौठो अदभूत
आबिस्मरणिय मुस्कान!!
गाउले साथी सङ्गती
काका काकी
ठूलो बुबा र ठुली मा
फूपू फुपाजु
हजुर बुबा र बुढी हजुर मा
अनि ठट्टेउली तिम्रो
मुखिया घर का पुर्ब बाजे
अनि बर्सौ देखि
हासो बिर्सेकी लिला फूपू लाई
मुस्कान भर्न सङ्गै बसि
जिस्काउने तिमि
अनि सानो सानो
टुना कोपिला झै हुर्किदै
गरेका भाइ बहिनि!!
चिया पिउदै कृकेट बहस गर्ने
तिम्रो गुरु बि.एस.सि.
यी सबै सबै तिम्रा पृय……!!
जीवन का आफन्त हरु लाई……..!!!
जब बिहान पख को
उदयामान शुर्य को किरण मा!!
सानो झोला बोकि………”
निस्केथ्यौ तिमी गाउँ बाटi
फेरि फर्किने बाचा का हात हरु हल्लाउदै।।।
हो-ठ्याक्कै त्यही दिन देखि……….
आज का मिति सम्म!!
-यो सन्यास गाउँ
-यी पृय आफन्त
-एक्लिएका पुर्ब बाजे
-हासो खोजिरहेकी लिला फूपू
-चिया पकाउन छोडेका

-कृकेट समचार बिर्सेका
तिम्रो गुरु बि.एस.सि.
आज पनि तिमी आउने
झिनो आशा मा
तिम्रो बाटो कुरिरहेका छन!!
के साच्चै मेरो पृय भतिज
तिमी आउछौ…….!!!!
तिमी आउ मेरो-
आदर्श-मदन
तिम्रो रोजाईको कयन मुनाहरु…
आज आलाप बिलाप मा परिरहेका छन।
र पनि सहजिएर बिडम्बना को घुम्टो भित्र
तिम्रो पर्खाइ मा छन।।
अनि मेरो आदरणीय दाइ-तिम्रो बुबा
पृय छोरा-बेखबर को पीडा मा छन।।
“साच्चै उहाँ त जीवन को………”
आशा-अभिलाषा
मान-मर्यदा
प्रतिस्ठा र सम्मान
देखि विश्राम लिदैहुनुन्छ!!
मेरो भाउजू-तिम्रो ममि
बर्सौ देखि को छोरा हराएको
बियोग मा हुनुहुन्छ।।।
मेरो पृय आदर्श-मदन
साच्चै तिमी ले सुन्ने धैर्यता लिनुपर्छ।
मलाई माफ गर……”
म केही बे-सन्चो को खबर सुनाउदै छु।
मेरो ठुली आमा तिम्रो हजुर मा
जीवन को अन्तिम घडी सम्म पनि
तिम्रो पर्खाइ मा हुनुहुन्थ्यो।
र पनि उहाँ चिन्ता ले गल्नु भयो…..!!!
छर छिमेक आफन्त र गाउँ घर देखि
सदा-सदा को लागि बिदाइ लिनुभयो।।
अत मेरो पृय भतिज-
तिमी यो गाउँ बाट गए देखि…….!!
आफन्तहरु मा आन्तरिक कम्पन आउन थालेको छ।।
गाउँ-घर धुर्मुराएको छ।
साना-साना बुख्याचा हरु चुर्मुराएका छन।
स्यालहरु सलमलाएका छन।
मुसाहरु सन्किएका छन।
जुकाहरु तन्किएका छन।
कौरब र कङ्श हरु जस्तै
आफ्नै-आफ्नाआफन्तहरु….
दैत्य रुपधारण गर्दैछन।।
यहाँ केबल स्वार्थ को तन्डप नाच नाचिदैछ।
शासक र शासन को नाटक खुल्ला खुल्ला
गाउँ घर को रंगमंच मा खेलिदैछ।।
दिदी-बहिनी काकी र आमाहरु अशुरिक्षित छन।
बुढापाका हरु अस्वस्थ छन।
दाजु-भाइ काका र भतिज हरु बेरोजगार छन।
साना साना बाबू नानी हरु अशिक्षित छन।
कुशल नेतृत्व हरु अगेना र आगन मा छन।
भ्रस्ट र खुरापात हरु…..
तिम्रो म्याट्रीक उतिर्ण को भोज मा
तिमी र म सङ्ग सङ्गै चढेको
तिम्रो घर को सिडि को झै टुप्पो मा छन।।
मेरो पृय आदर्श-मदन
तिमी ले झै गाउँ को जग बलियो बनाउने।
वर्षा र झरी मा चुइने गाउँ का पाखा हरु हाल्ने।
अशाय र अपाङ्ग हरु लाई साहारा दिने।
सत्य र इमानदारी लाई गोरेटो बन्ने।
नैतिकता र व्यवहार लाई स्नेह गर्ने
ट्यापे टुपे झुम्के र गुन्डा लाई बज्रपात पर्ने
स्वार्थी कलङ्क फटाह र जाली लाई।
गाउँ को हक मा निशेधित गर्ने।
मलाई मेरो पृय तिमी जस्तै चाहिएको छ।
तिम्रो जस्तै आवश्यक छ।।
त्यसैले मेरो पृय मदन!!
गाउँ-घरको
तिमी लाई सन्देश छ-
गाउँ-घरको
तिमी लाई पुकारा छ-
गाउँ-घरको
तिमी लाई आशिर्वाद छ-
गाउँ-घरको
तिमी लाई कोटि कोटि सम्झना छ-
त्यसैले-मेरो पृय भतिज
तिमी सम्झनामा मात्र भए पनि!!
एक चोटि गाउँ-घर को सपना मा आउ।।
र तिम्रो तथ्य सत्य कुरा सुनाउ।।
तिम्रो बैकुण्ठ मा बाँस होस!!
चिर शान्ती को शुभकामना।।
हार्दिक श्रद्धाञ्जली पृय भतिज प्रती।।
मलाई माफ गर-
म तिम्रो आदर्श को गोरेटो बाट कहि भड्केको छु।।
तिम्रो शान्ती का लागि।।
अस्तु…………..!!!!
लेखक राजनीति कुशल एवं निष्ठा व्यक्ति राजन कुमार शाही रहनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!