बाजुरा- नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति बाजुराको आमन्त्रित सदस्यमा कमला रावत मनोनीत गरिएको बताएको छ।
नेपाली काङ्ग्रेसको विधान २०१७ को नवौं संशोधन २०७५ को निमावली २०७६ को नियम ५६ को उप-नियम २ बमोजिम तपाई श्री कमला रावत (रोकाया) लाई माघ १६ गते सोमबार नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति बाजुरा आमन्त्रित सदस्यमा मनोनीयत गरेको नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले बताएको छ।

नेपाली काङ्ग्रेसको विधान नियमावलीको अधीनमा रहि लोकतन्त्रको मुल्य मान्यतालाई आत्मसात गरी काङ्ग्रेसको संगठन लाई थप उचाइमा पुर्याउन यहाँको महत्त्वपूर्ण योगदान रहने छ भने विश्वास लिएको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति बाजुराको गरिमामय आमन्त्रित सदस्यमा पदमा मनोनीत हुनु भएकोेमा हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेको नेपाली काङ्ग्रेस बाजुरा सभापति रामसिंह रावलले बताउनु भएको छ।











