बाजुरा- बाधु आधारभूत स्वास्थ सेवा केन्द्रमा हजार दिनको आमा र बच्चाको कुपोषण पहिचान कार्यक्रम गरिएको छ।
हिमाली गाउँपालिका वडा न.७ बाधु आधारभुत स्वास्थ सेवा केन्द्रमा हजार दिनको आमा र बच्चाको कुपोषण पहिचान कार्यक्रम भएको छ। वडा भर रहेका आमा तथा बच्चालाई कुपोषण सम्बन्धि एक दिने परिक्षण गरेका छौ। वडामा भएका कुपोषण रोग लागेको बच्चाहरु चेकजाँच गर्न गरेका छौं। जुन गाउँमा सबैभन्दा बढी कुपोषण रोग देखिएको हुनाले यसलाई अन्त्य गराउन स्वास्थ सस्थामा गएर रोग उपचार गरेको हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेम कला मल्लले बताउनु भएको छ।
गाउँपालिका भर रहेको कुपोषण रोग नियन्त्रण गर्न बालबालिका हरुलाई स्वास्थ परिक्षण गर्ने गरेका छ। गाउँमा कुपोषण लागेको बच्चालाई कुपोषण रोग हटाउन त्यसलाई स्वास्थ स्थलगत टोल टोल हुँदै गाउँ बस्तीमा स्वास्थ शिविर संचालन गरेको छौ। यसलाई निरन्तरता दिन थप कार्य अगाडी बढाउन लागिपरेको स्वास्थ शाखा प्रमुख मल्ल बताएको छ।
गाउँमा भएका हजार दिनको आमा र बच्चालाई आधारभुत स्वास्थ सेवा केन्द्रमा गएर कुपोषण सम्बन्धि पहिचान कार्यक्रम गरेको बताएको छ। अब कुपोषण मुक्त वडा बनाउन वडामा भएका स्वास्थ सेवा केन्द्र गाउँपालिका सबै लागिपरेका छौ। गाउँमा कुपोषण रोग बाट अन्त्य गराउन स्वास्थ सेवामा गएर बच्चालाई कुपोषण सम्बन्धि स्वास्थ पहिचान कार्यक्रम गरिएको मल्लले बताएको छ।











