गोबिन्द्र राज तिमिल्सेना,बाजुरा- जिल्लाको बडिमालिका नगरपालिका वडा नं ८ स्थित श्री मालिका माविमा करिब लामो समयदेखी अध्यापन गराउदै आइरहेका शिक्षक बिक्रम बहादुर शाहलाई आज बिषेष कार्यक्रमका साथ बिदाई गरीएको छ । करिब तेह्र चौध बर्षसम्म अध्यापन गराइरहेका शाहले बाणिज्य बैङक अन्तरर्गत नगद पदमा बरिस्ट सहायकको रुपमा नाम निकाल्न सफल हुनुभएकोले उहाँले उक्त बिद्यालय छोड्नु परेको छ । लामो समयको प्रयास पछि शाहले नाम निकाल्न सफल हुनुभएको छ । परिश्रमको फल मिठो हुन्छ भन्ने धेयले शाह विगत लामो समयदेखी त्यस श्रेत्रमा लागी परेका थिए । कैयौ पटको प्रयास पछि शाह सफल हुनुृभएको छ । मालिका माविमा करिब २०६५ सालदेखी नै अध्यापन गराउदै आइरहनुभएको थियो ।
शाह एक अशल शिक्षक मात्र नभई कुशल,कर्मठ,मेहेनती,सहयोगी भावना भएका ब्यक्ति पनि हुन । उनको ज्ञानका कारण उहाँले पढाएका शिष्यको अहिले ठुलो प्रगति भएको देख्न सकिन्छ । आफुमा भएको जतिसुकै ज्ञान पनि उहाँ अन्य मानिसहरुसंग सिकाउन चाहन्थे म जस्तै मेहेनती,कुशल कर्मठ अन्य ब्यक्ति पनि भएको हर्न चाहन्थे । शाह एक अशल ब्यक्तित्व पनि हुन । उनको ज्ञानका कारण आज नेपाल सरकारको स्थायि पदमा जागिरे भएका छन । हरेक पटक हार खादा पनी उहाँले हार मान्नु भएन झन हारलाई विजय ठानेर आज नाम निकाल्न सफल हुनुभएको छ । ज्ञान कहिल्यै दिएर सकिदैन ज्ञानलाई जति बाड्यो त्यती नै झन बढ्दै जाने बताउछन शिक्षक शाह ।
आज एक अपौचारीक कार्यक्रमका बिच शाहलाई बिदाई गरीएको बिद्यालयका शुचना अधिकारी शेर बहादुर रावलले जानकारी दिनुभएको छ । बिदाई कार्यक्रममा आँखाबाट आँशु नझार्ने सायदै कमै मात्रामा थिए होलान शाहले यति माया दिएका रहेछन भन्ने कुरा प्रस्ट देखिन्छ । आज बिहान एक कार्यक्रमका बिच शाह आफै पनि रुनुभएको थियो बिद्यालय प्रतिको र बिद्यार्थी प्रतिको माया शाहलाई बिर्सन गाह्रो भएको थियो । यति सम्म माया गरेर काम गरेको बिद्यालय छोड्दा आफुलाई माया गर्ने बिद्यायार्थी को साथ बाट टाढा हुँदा मन निकै रोएको कार्यक्रममा बोल्दै शाह बताउनुहुन्थ्यो ।
बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष दिर्घराज पाध्याको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा बिद्यालयका पुर्व बिब्यस अध्यक्ष अशोक रावल,नेपाल बिद्यार्थी संघ बाजुराका अध्यक्ष जनक थापा,नागरीक रैवार तथा ग्यालेक्सि ४ के टेलिभिजनका बाजुरा संम्बाददाता मदन बिक,बिद्यालयका सक्पुर्ण शिक्षक,कक्षा ११ र कक्षा १२ मा अध्ययनरत सम्पुर्ण बिद्यार्थीको उपस्थित रहेको कार्यक्रममा स्वागत मन्तब्य बिद्यालयका प्राचार्य शुभराज पाध्याय,पुर्व बिद्यालय बिब्यस अध्यक्ष अशोक रावल राख्नुभएको थियो भने कक्षा १२ को तर्फबाट स्वागत मन्तब्य रेडियो पौरखीमा कार्यरत बिद्यार्थी तथा पत्रकार मिन खड्काले राख्नुभएको थियो भने कार्यक्रमको संञ्चालन बिद्यालयका सुचना अधिकारी शेर बहादुर रावल र रेडियो पौरखीमा कार्यरत पत्रकार मिन खड्काले गर्नुभएको थियो ।











