बाजुराको मुक्तिकोट गाउँमा १२० घर परिवारलाई १२ हजार बराबरको खाद्य सामाग्री र लत्ताकपडा पाेषणका वितरण गरियाे छ
स्वामीकार्तिक खापर गाउँपालिका वडा न. १ को मुक्तिकोट खाद्य, लत्ताकपडा र पाेषणका सामाग्री वितरण गरियाे छ। गाउँपालिकाको विशेष पहलमा मुक्तिकोत गाउँमा शुक्रबार एक कार्यक्रम गरेर खाद्य लत्ताकपडा सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनु भएको छ। स्टार ग्रुप र किडाककाे सहयाेगमा स्वामिकार्तिक खापर गाउँपालिकाको मुक्तिकाेटका १२० घर परिवारलाई १२,०००/- का दरले खाध्य सामाग्रि, लत्ता कपडा तथा पाेषणका सामाग्रिहरू वितरण गरियाे ।
उक्त घरका २६ जना कुपोषित बालवालिका, ३२ जना गर्भवती महिला, ४० जना १ बर्ष मुनिका वालबालिका, ९ जना अपांग वालबालिका, ५ जना एकल महिला सहित ८ जना अन्य असाय परिवारलाई राहात वितरण गरियाे गाउँपालिका अध्यक्ष रोकायाले बताउनु भएको छ।
विशेषगरी गाउँमा न्युन आय भएको व्यक्तिको घरपरिवार लाई खाद्य र लत्ताकपडा लगायत विभिन्न सामाग्री एक कार्यक्रम बीच वितरण गरिएको छ। प्रत्येक घरपरिवार चामल ७५ किलोग्राम चना ३ किलोग्राम १० पाकेट तेल ५ पाकेट नुन १ वटा बलान्केट ५ पाके पोषण युक्त २ किलोग्राम चिनी २ किलोग्राम मुसोरो दाल २ किलोग्राम मासको दाल साबुन प्याड डोरी लगायत विभिन्न सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताउनु भएको छ।