बाजुरा- नेपाल शिक्षक संघ हिमाली गाउँ कार्य समितिकाे अध्यक्ष राज बहादुर ऐडी सहित २५ जना सदस्य निर्बाचित भएका छन ।
नेपाल शिक्षक संघ हिमाली गाउँ कार्य समितिकाे अध्यक्ष राज बहादुर ऐडी उपाध्यक्ष रमिला रावल, देवराज मल्ल सचिव वालमिकी पाण्डे सचिव अर्थ धन बहादुर रावत सह सचिव तिलक राज तिमिल्सिना सदस्य सुस्मिता शाही सहित २५ जना सदस्य निर्बाचित भएका बताएको छन । शिक्षक ऐडी लगायत सदस्यहरु हिमाली गाउँ कार्य समितिको दोस्रो अधिबेशनबाट निर्बाचित भएका बताएको छ।
शिक्षक संघ गाउँ कार्य समितिको हिमाली गाउँपालिकाको द्रोसो अधिवेशन समुदघाटन समारोह फागुन २० गते गरिएको हो। दुई दिन लगातार पछि अधिवेशन सम्पन्न गरिएको छ। नयाँ निर्वाचित समिति गठन पदाधिकारी चयन हुनु संगै तिन वटा निर्णय गरेको छ। शिक्षा क्षेत्रमा संगठन बलियो बनाउन शिक्षा भित्र रहेको सुधार ल्याउन नंयापन गर्न काम गरिने भएको छ। शिक्षा क्षेत्रमा गुणस्तर शिक्षा प्रदान गर्नुका साथै विभिन्न क्षेत्रमा विशेष तरिकाले लाग्ने पनि रहेकोे छ। संघ गठन बलियो बनाउन सबै साथ सहयोग रहनुपर्ने नेपाल शिक्षक संघ हिमाली गाउँ कार्य समिति अध्यक्ष ऐडी जनाएको छ ।
घोषण कार्यक्रम सभा अध्यक्ष नेपाल शिक्षक संघ हिमाली गाउँ कार्य समिति अध्यक्ष पदम रोकाया प्रमुख अथिति नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल रहनु भएको छ। भने बिशिस्ट अथिति नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष भिमानन्द पाण्डे नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य चन्द्रादेवी बुढा लगायत शिक्षक हरुको उपस्थितिमा कार्यक्रम गरिएको शिक्षक संघ हिमाली कार्य समितिले बताएको छ।











