बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ७ बाधुमा पोषणयुक्त वडा र टोल कार्यान्वयन कार्यक्रम उद्घाटन समारोह सम्पन्न गरिएको छ।
कार्यक्रम सभा अध्यक्षतामा हिमाली गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तपेन्द्र कुमार शाही रहनु भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अथिति निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, हिमाली गाउँपालिका पोषण अधिकृत भावना गिरी, वडा सदस्य लगायत स्थानीय बासिन्दाको उपस्थितिमा कार्यक्रम संचालन गरिएको हिमाली गाउँपालिका पोषण स्वयंसेवक धनबिर बुढाले बताउनु भएको छ।
पोषण मुक्त गाउँपालिका घोषणा बनाउन वडामा पोषणयुक्त वडा/टोल कार्यान्वयन कार्यक्रम गरिएको छ।पालिकाका बालबालिका कुपोषण अन्त्य गर्ने वडा हुदै टोलमा सडक नाटक र देउडा सास्कृति प्रदर्शन विभिन्न खेल गराएर पोषण सम्बन्धि कार्यक्रम गरिएको छन।
पोषण मुक्त गाउँपालिका बनाउन गाउँपालिका कर्मचारी र जनप्रतिनिधि लागिपरेको छन। वडा र टोलमा कार्यक्रम निरन्तर रूपमा अगाडि बढीको छ। गाउँ टोलमा गएर औपचारिक तरिकाले विभिन्न कार्यक्रम गर्दै पोषण सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेर मनाएको छन। चैत १३ गते सोमबार दिनमा हिमाली गाउँपालिका वडा नम्बर ७ वडामा गरिएको छन। अब कुनै ठाउँको बालबालिका कुपोषण बाट हटाउन पोषणयुक्त कार्यक्रम सञ्चालन गरिएको हिमाली गाउँपालिका पोषण धनबिर बुढाले बताउनु भएको छ।











