बाजुरा- कोल्टी प्राथमिक स्वास्थ केन्द्र बाट बिरामी रिफर गरेको मान्छे कोल्टी विमानस्थलमा नमानेपछि कोल्टीमा रहेका छन।
हिमाली गाउँपालिका वडा नम्बर ६ कि महिला गास काट्ने क्रममा भिर बाट खसेर घाइते भएको हुन। बिरामीलाई उपचार गर्न कोल्टी प्राथमिक स्वास्थ केन्द्रमा ल्याएको हो। बिरामी भएकी फम्फकला रावल लाई कोल्टी प्राथमिक स्वास्थ केन्द्रले बिरामी सुबिधा सम्पन्न हस्पिटल लैजानको स्वास्थ रिफर मंगलवार बिहान डाक्टर गरे पछि समिट एयर काउन्टर बिरामीको लागी टिकट काट्न गरेको हो।
बिहान टिकट काउन्टर जादा हुन्छ भनेर ठिक गरेका हुन। दुई पटक काउन्टर सोधपुछ गर्दा पनि हजुर टिकट हुन्छ भनेका हुन। तर बिरामी ठाउँमा लगेर उपचार हुने भयो भनेर ढुक्कसँग बसेको थियौं। अन्तिममा पेलनको लागी विमानस्थल पुगेर पनि मान्छे प्याक गरिसकेको छौ आज हुँदै भोलि टिकट गर्दिन्छु भनेका हुन। हामी कलाकार लगायत प्रदेश अर्थ मन्त्री सहित ५ जना सिट सहित पेलनको सिट पुरै प्याक गरिसकेको छ। भोलिको पेलन उडानमा हुन्छ भनेर स्वास्थ बाट रिफर गरेको बिरामी जटिल अवस्था रहेको विर्ख रावलले बताएका छन।
बुढिनन्दा नगरपालिका वडा नम्बर १ कोल्टी प्राथमिक स्वास्थ केन्द्र बाट बिरामी रिफर गरेको बाजुरा नागरिक उडडयन कार्यालय कोल्टी बजारमा बिरामी रहेको गुनासो गर्नु भएको छ। नेता र कलाकार तिमीहरूलाई पेलन उडान गरे तर बिरामी भएको मान्छेलाई आज सिट छैन भन्दै भोलि गरौंला भन्दै सयम बिताउन लागेको छन। बिरामी भएको मान्छे समयमा जान नसकेको कारणले बिरामीको स्वास्थ अझै समस्या थपिएको रावलले बताए।
बिरामी लाई तत्काल सुबिधा सम्पन्न भएको हस्पिटल पुर्याउन पाएको भए छिटो उपचार गर्न सकिने उनको भनाइ रहेकोे छ। कोल्टी प्राथमिक स्वास्थ केन्द्रमा बिरामी ल्याएको दुई दिन सम्म हुँदा पनि पेलन मार्फत लैजान ठुलो समस्या भोग्नुपरेको छ। बिरामी जटिल अवस्था हुँदा गाडी बाट लिन मुस्किल समस्या भएको छ। स्वास्थ बिरामी सन्चो नहुदा उपचार खर्च बढ्ने गरेको विर्ख रावलले बताएका छन।
कोल्टी विमानस्थल हिजो पेलनमा कलाकार र मन्त्री टोलि सहित दुई जना बिरामी भएको मान्छे हालेको छन। पेलनमा बिरामी सिट दुई वटा भएपनि दुबै जना बिरामी भएको मान्छे लाई लगेको छ। कस्तो किसिमको बिरामी लिएको भन्ने विषय बुझ्नु पर्छ विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताएका छन।











