बाजुरा — बुढिगंगा नगरपालिकाले नगरभित्रका बजार अनुगमन गरेको छ । बुढिगंगा नगरपालिका १० को डाव र मालिका बजार, वडा नं ८ को रिठा बजार, बेतालमाडौ र वडा नं ६ को बाम्का बजार अनुगमन गरेको नगरपालिकाले जनाएको छ ।
नगर उपप्रमुख माया कुवर खड्काको नेतृत्वमा गएको टोलीले सो बजारहरुमा अनुगमनको क्रममा भेटिएका म्याद नाघेका सामानहरु बरामद गरि नष्ट गरिएको नगर उपप्रमुख माया कुवर खड्काले बताएकी छन ।उक्त टोलीले ति बजारहरुमा म्याद नाघेका सामानहरु राखिएका र विक्री वितरणसमेत गर्ने गरेको भन्दै उक्त खाद्य तथा अखाद्य सामान नियन्त्रणमा लिई नष्ट गरिएको उपप्रमुख खड्काले बताइन् । त्यस्तै नगरपालिकाले नगरपालिकाको कार्यविधि २०७९ अनुसार दर्ता नगरी संचालन गरेका पसल व्यावसायिहरुलाई एक हप्ताभित्र नगरपालिकामा दर्ता गर्न समेत निर्देशन दिएको छ ।
उक्त टोलीले प्रत्येक पसल व्यावसायिहरुले हरेक सामानको मुल्य सूचि निर्धारण गरेर टासँ गर्न निर्देशन दिइएको नगर प्रवक्त हेमराज जैशीले बताएका छन ।उक्त बजार अनुगमनमा नगर उपप्रमुख माया कुवर, प्रमुख प्रसाशकिय अधिकृत, लेखापाल, स्वास्थ्य शाखा, कृषि शाखा, वडा अध्यक्षलगायत सुरक्षाकर्मी खटिएका छन ।











