बाजुराःहिमाली गाउँपालिका भित्र रहेका ब्यावसायिले व्यवसाय दर्ता तथा नविकरण असोज मसान्तसम्म नगरे नियम अनुसार जरिवाना गरिने गाँउपालिकाले जनाएको छ । हिमाली गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ७ सम्म संचालनमा रहेका सम्पूर्ण उद्योग, व्यवसाय, फर्म, सहकारी संस्था, औषधी पसल, होटल, पसल र घे वर्गका निर्माण व्यवसायीहरुले व्यवसाय दर्ता तथा नविकरण अनिवार्य गर्नका लागि पालिकाले आग्रह समेत गरेको छ। हिमाली गाउँपालिकाको सहकारी ऐन, २०७४, गाउँपालिकाको संस्था दर्ता ऐन, २०७७, र औद्योगिक व्यवसाय दर्ता ऐन, २०७७, बमोजिम २०८० साल असोज मसान्त भित्र गाउँपालिकाको राजस्व शाखा वा प्रशासन शाखामा गइ आफ्नो व्यवसाय दर्ता नविकरण गर्नुका लागि सबैको जानकारीका लागि भाद्र २ गते चलानी नम्बर ८९ को पत्रमा सूचना प्राकशन गरिएको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी बताउनुभएको छ ।
तोकिएको समय भित्र व्यवसाय दर्ता नविकरण नगर्ने व्यवसायीहरुलाई नियम अनुसार जरिवाना गरिने भएको छ। नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने वडा कार्यालयको सिफारिस, जग्गा धनी लालपुर्जाको प्रतिलिपी, तिरो तिरेको रसिद सहित आवश्यकता रहेकोे छ। भने त्यसै गरी जग्गाको चार किल्ला प्रमाणित, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, व्यवसायीको निवेदन प्रक्रियामा गई व्यवसाय दर्ता तथा नविकरण गर्न हुन गाउँपालिका सूचना जारी गरेको छ। व्यवसाय दर्ता नविकरण असोज मसान्त भित्र नगर्ने व्यवसायीलाई जरिवाना गरिने अधिकृत चौधरीले बताएका छ्न।











