बाजुरा– शिवशंकर आधारभुत बिद्यालयको आयोजनामा जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २ नडाङ्गमा विद्यालय स्तरिय पढाई मेला सम्पन्न भएको छ । बिद्यार्थीलाई शिक्षण सिकाई क्रियाकलापमा उत्प्रेरित गर्ने उद्देश्यले सो मेलाको आयोजना गरिएको थियो । सोमबार भएको सिकाई मेला बुढीगंगा नगरपालिका वडा नम्बर २ मा रहेको शिवशंकर आधारभुत बिद्यालयमा सम्पन्न भएको सेतो गुरास वालबिकास सेवाले जनाएको छ ।
उक्त मेलामा गोपीनी पाण्डे प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रममा उमेश चौधर, दान बहादुर साउद, विश्व शिक्षाका सन्दिप श्रेष्ठ, निराजन चौधरी, आइ डि यस नेपालका प्रेम खनाल, गिफ्ट बाजुराका कार्यक्रम प्रवन्धक कृष्ण अधिकारी’ बिद्यालयका पधानाध्यापक, शिक्षक, अभिभावक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कक्षा १ देखि ३ सम्मका बालवालिकाहरुलाइ समावेश गरी टफी दौड, गुवारा फुटाई, पढाइ गति मापन र नाटक स्थानीय संस्कृति झल्किने चाली, हिसाव दौड लगाएतका क्रियाकलाप गरी पढाई मेला सम्पन्न भएको हो । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष काशीराम पाध्यायको अध्यक्षता सम्पन्न भएको थियो ।
आधारभुत तहमा अध्यायनरत बालबालिकाहरुलाई खेलको माद्यामबाट शिक्षाको दोस्रो पाठशालाको सूरुवाति गर्दा बालबालिकाहरु सिकाई प्रति उत्प्रेरित हुँने भएकोले सिकाई मेला सम्पन्न भएको सेतो गुरास बालबिकास सेवाका अधिकृत देवराज पाध्यायले जानकारी दिनु भएको छ ।