युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
788 पटक पढिएको

बाजुरा,३ पुस/    बडिमालिका नगरपालिकाका पुर्व नगरप्रमुख पदम बडुवालले सामाजिक संजाल फेसबुक मार्फत यसरी लेख्नु भएको छ ।बाजुरा जिल्लाकै केन्द्र बिन्दु मानिने सदमुकाममा अवस्थित बडिमालिका न.पा. वडा नं ६ कोर्ध गाउँ सबै भन्दा ठुलो भुगोल भएको वडा हो ।पुर्वमा बडिमालिका मन्दिर, बुढीमाईका थान हुँदै भैतउनी रवा,कैलाशधुरा हुँदै बिरेखोला झरना सम्म र पश्चिममा बुढीगंगा नदी तथा पर्यटकले मनै लोभाउने बिरेखोला र नेउले झरना शिरैमा कैलाश मष्टाको देवस्थली बिच भागमा बग्ने कोर्धालीगाड यिनै सम्पदाले भरिपुर्ण ।अधिकांश भु भाग वनजंगल पाटन क्षेत्र बुट्यान लेकाली भु भाग भएको र थोरै मात्र खेतीयोग्य जमिन र कृषि पेशामा निर्भर जनसंख्या करिब ४४९परिवारको बसोबास थलो कोर्ध गाँउ विकासको प्रचुर संभावनाले भरिपुर्ण भएता पनि चेतनाका हिसाबले पछाडि परेको गाउँ हो, जहाँ हाम्रो जन्म भयो ।

अधिकांश मानिसहरू अशिक्षित र गरिबीको रेखा मुनि भएकै कारण बाल्यकालमा राम्रो शिक्षादीक्षा ग्रहण गर्न सकिएन तथापि पनि बाल्यकाल पछि गाँउको विकासका लागि केही गर्नै पर्यो भन्ने सोच सँगै सामुदायिक वन ब्यवस्थापन, खानेपानी योजना, २० बर्ष सम्म बिद्यालयहरूमा काम गर्ने अवसर प्राप्त भएसँगै नयाँ पुस्तालाई हामी भन्दा केही फरक बनाउनु पर्छ भनेर सधैं हरपल लागियो ।सोहि क्रममा राजनीतिमा समेत उदय हुने क्रममा २०५४ मा गा.बि.स. अध्यक्षको टिकट समेत प्राप्त भयो तरपनि मत मेरो पक्षमा हुदाँ हुँदै पनि लखेटियौ र पराजय ब्यहोर्न पुगियो ।पेशाले कृषि पशुपालन , होटल ब्यवसाय तरकारी खेती गर्दै अगाडि बढ्ने क्रममा सशस्त्र दन्द्वका कारण गाँउबाटै बिस्थापित भईयो ।केही समयपछि बसाइँ सदरमुकाम केन्द्रित भयो र आफ्नो राजनीतिक यात्रा बढाउने क्रममा समेत पटकपटक अनेकौं चुनौंतीहरू देखा परे ।

फलस्वरूप पाटीका अधिबेशनहरूमा सधैं पराजय भोग्नु पर्यो ।सदरमुकाममा रहेको मालिका उ।मा।बि।को नेतृत्व समाल्ने अवसर आयो ।ब्यारेकबाट बिस्थापित बिद्यालय सदरमुकामको बिच जिउँलामा राख्न सफल भयौं तथापि जिल्ला सदमुकामका मान्छे क्याम्पस पढ्न जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई चिर्न बाजुरामा हाम्रै नेतृत्वमा बाजुरा क्याम्पस खोलियो । राजाका ज्वाइँ राज बहादुर सिंह सँग २० लाख जिल्ला बिकास समिति , सबै जसो गा.बि.सको सहयोग जुटाउँदै नेपाली सेना समेतको सहयोगमा क्याम्पसका पुर्वाधारहरू खडा गर्दै देश कै प्रथम राष्ट्रपतिज्यूबाट समुद्घाटन समेत गरियो ।अन्तमा क्याम्पसको अध्यक्ष पदमा एकचोटी अवसर समेत दिईएन । ड्रिग्री गरेका शिक्षकहरू पालिका बाहिरबाट नियुक्ति गरियो । अनेकौं चुनौतीहरूलाई मोल्दै अगाडि बढ्ने क्रममा २०७२ सालमा पाटीको सर्वसम्मत नगर कार्य समिति सभापति हुँदै नगर प्रमुख सम्म बन्ने अवसर प्राप्त भयो ।

 

बाजुरा जिल्ला कै मुटु सदरमुकामको नगरपालिका, प्रमुख जिल्ला अधिकारी लगायतका दर्जनौं कार्यालय प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रमुखहरू ,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरू गुरूवर्ग ,नागरिक समाज लगायतका बौद्विक वर्गका ब्यक्तित्वहरूका अगाडि सामान्य लेखपढ भएको मेयर बनेर काम गर्न कम चुनौतीहरू थिएनन् ।तर पनि दर्जनौं कानुन,ऐन नियमावली कार्यबिधी मापदण्डलाई टेक्दै सर्वपक्षीय सहयोगका कारण बजारका ६८ घरहरू भत्काउँदै बजारलाई सुन्दर शहरमा परिणत गरियो । गौडा बजारमा फोहर नालीले स्वागत गर्थ्यो जस्को ब्यवस्थापन गरियो । काम गर्ने कर्मचारी न्यून रहेकाले लोक सेवा आयोगबाटै २० जना कर्मचारीको पदपूर्ति ,समायोजनबाट आउने सबै कर्मचारीलाई ग्रहण गर्दै नगरपालिका भवनको ब्यवस्थापन ,वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्रहरूको स्थापना , बिद्यालयमा लामो समय सम्म रहेका निजि स्रोत शिक्षकहरूको ब्यवस्थापन लगायतका अनेकौं चुनौतीका बिच काम सफल भईयो । तरपनि सामाजिक सञ्जालमा अनेकौं गालीहरू समेत नखाएको होईन ।तेही मध्येको एक काम हो उज्यालो बडिमालिका अभियान ।नगर सरकारले विभिन्न सरकारी निकायको सहयोगमा सल्लेनालाई अँध्यारो मुक्त गाँउ ,बिजुली नपुगेका वस्तीहरूमा राष्ट्रिय प्रसारण लाईन बिस्तार कार्य  भयो।

मेरो गृह वडामा आलु र केराको निकै सम्भावना समेत भएकाले आलु पकेट क्षेत्रको रूपमा विकास र जडांगाको पुरानो स्वास्थ्य भवनलाई सेवा केन्द्रका रूपमा राखि ३ वटा वडा हेर्ने कृषि कर्मचारी खटाई बीउ बैकको अवधारणा ल्याउन सहास नेपाल र आई.एन.एफ.लाई अनुरोध गरियो तर स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गर्ने ठेकेदारले समयमा काम गरिदिएन ।
वडाको बिच भागमा सोता हुदै जडाङ्गा सम्म कोर्दाली गाड भएकाले कोर्दालीगाडको चाल्ने मुहानबाट बडिमालिका  वडा नं ६ कै बुढाकोर्ध ,चम्लिया ,आडे र बडिमालिका नगरपालिका कै ८ नं वडाको बागडाँडा ,पाँदे, हुदै रापक सम्म सिचाँई हुनुका साथै बिरेखोला झरनाको शोभा समेतमा कमि नआउने सम्भावना देखेरै हाम्रो पालामा मार्तडी बुढाकोर्ध सडक र कोर्दालीगाड चाल्ने बृहत सिँचाई कुलोको सर्बे र डि पि आर गरी प्रदेश सरकार र बिभिन्न निकाय पहल गर्दा प्रदेश सरकारबाट कोर्ध सिचाई कुलो क्रमागत रुपमा काम हुने गरि हाल सम्म पनि संचालनमा छ र अहिले सिष्टम अनुसार कसैले पहल नगरे पनि हरेक बर्ष बजेट आउने पाईप लाईनमा छ ।२०६६ सालबाट नबिकरणिय उर्जाबाट निर्माण भएको कोर्दाली गाड लघु जलबिधुत आयोजना २०७० साल देखि बत्ती जलेपनि निर्माणका क्रममा उपभोक्ता समितिको चरम लापरबाहीले खासै बत्ती दिगो र सेवा दिन सकेन ।कहिले बेरिङ केहिले फित्ता ,कहिले पहिराको कारण क्षति, कहिल्यै हिमपात,कहिले बर्षातमा नहरमा क्षति अनेकौं दुख भोगियो ।२०७४ को निर्वाचन पश्चात् बत्ती तत्कालीन वडा सरकार र वैकल्पिक उर्जा पर्वद्वन केन्द्रको ताकेताले वडा सरकार समेतको निर्णयबाट बत्ती ब्यवस्थापनको जिम्मेवारी सहकारीलाई हस्तान्तरण भयो ।

 

जलविद्युतको जिर्ण अवस्था, नहर समेत निकै कमजोर थियो । नगर कै ४५ लाख लगानी गरि सुधार भएता पनि पटकपटक दुर्घटना ,बिधुत साम्रगीमा भएको खराबी पश्चात बडीमालिका नगर सरकारको पहलबाट उक्त जलविद्युत निर्माण मर्मत सम्भार तथा नहर ब्यवस्थापन गर्न अनेकौं पहल पश्चात् जर्मन सरकारको सहयोगमा नेपालमा संचालित -GIZ ,RERA- कार्यक्रम ,वैकल्पिक उर्जा पर्वद्वन केन्द्र र उर्जा मन्त्रालयलाई पटकपटकको हार गुहार पछि वैकल्पिक उर्जा पर्वद्वन केन्द्रको सहयोगमा सर्वे डिजायनका लागि कन्सल्टेन्सी हाईएर गरि मर्मतसम्भारका लागि डि.पी.आर.समेत वैकल्पिक उर्जा पर्वद्वन केन्द्रबाट ढेड करोडको ठेक्का भएको सो नहरमा प्राविधिक टोलीले अत्यन्तै चिसो ठाउँ र नहर दुब्ले खोलामा माथिल्लो नहरबाट तल्लो नहरमा ठाडो ईलिभेसन भएको भिरालो ठाँउमा नहरको क्षयीकरण रोक्न र खोला माथिबाट क्रसिङ गर्नजमिन मुनिबाट नहर सञ्चालन गर्न लागत अनुमानमा ३४५ मिटरमा एच.डि.पी.ई. ३०० मि।मि।थिकनेसको डबल लाईन पाईप डिजाइन थियोे ।

 

सो पाईप सानातिना पहिरो लगायतमा लेकाली भागमा नहरको क्षति हुने ठाउँमा प्रयोगका लागि ठेक्कामा राखिएको र सोहि अनुसार ठेक्का सदर भई काम गर्ने क्रममा २०७९ को निर्वाचनमा वडा नं ६ बाट निवाचित वडा अध्यक्ष कृष्ण खड्काले सो पाईप काट्न काठमाडौं पुगेर हटाउन लगाईयो । पाईप हाल कतिपय ठाँउमा नभई नहुने अवस्था पनि छ । बिधुत संचालकमा रूपमा रहेको सहकारीले समेत नहटाउनु होस भन्दा समेत थर्काई आफैं प्राविधिक जस्तै बनेर हटाउन लगाईयो । मैले समेत नहटाउनु होस न भनेर खबर गर्दा बैकल्पिक उर्जाले तपाईं कै विज्ञ वडा अध्यक्ष मान्दैन करिव ४० लाख बराबरको काम नहुने तहाँ निकायबाट जानकारी पाईयो । कुन भागमा आर।सि।सी। नहर र कुन भागमा पाईप राख्ने प्राविधिक कुरा थियो । सायद सोही परियोजनाको नहरमा गत बर्षातमा ठुलो पहिरो जाँदा मना बाट सहकारीले हारगुहार गरि पाईप ल्याई हाल सम्म पनि २४ मिटरमा पाईप नै छ र सोहि पाईपबाट हाल नहर बगिरहेको छ ।

 

समयमा काम गराउन ठेकेदारलाई ताकेता नगरि चिसो समयमा सिमेन्टको काम लगायतका स्ट्रक्चरहरूको गराईदै छ । हाल महिनौं बितिसक्दा समेत कोर्ध र रिला गरि २ वडाका करिव ६०० घरधुरीका नागरिकलाई दैलोमा राष्ट्रिय प्रसारण लाईनको बत्ती बिस्तार भई सक्दा समेत लाईन जोड्न ईच्छुक नागरिकलाई कालो तार र मिटर जडान गर्न सिफारिस रोकिन्छ । सायदै सहकारीले बत्ती हालसम्म सञ्चालन गरिरहेको भए सो सिफारिस रोकिदैेनथ्यो ।खासमा अगिल्लो नगर सरकारले बडीमालिका केवलकार सञ्चालन गर्ने र कृषि पकेटक्षेत्रको पर्वद्वन गर्ने हेतुले मार्तडी बुढाकोर्ध सडक र सोहि सडक बनेमा माथ्थला देखि सडक कै छेउबाट सिँचाइ कुलो समेत बगाउनका लागि लेवललाई मिलाउदै जाने गरि काम सञ्चालन गर्न निर्देशन दिईएको थियो ।

नेपालमा प्राय केवलकार बढीमा ३/ ४ किलोमिटरको मात्र हुने भएकाले बडिमालिका पाटन सम्म सबै महिना पुग्न सबै भन्दा नजिकको पईन्ट बुढाकोर्ध भएकाले जडांगा बुढाकोर्ध र मार्तडी बुढाकोर्ध रिङ रोड निर्माण गर्ने जसले गर्दा बार्है महिना पर्यटकहरू आउन सक्ने र पाटन सम्म केवलकारमा आउन जानका लागि कोर्धालीगाड लघु जलविद्युत मर्मतसम्भार गरि बिधुत लाईन पर्यटन पर्वद्वनका लागि केवलकार र लेकाली भेगमा बत्ती बिस्तार गरि टुरिज्म होटल रेष्टुरा तथा देश कै प्रसिद्ध बडिमालिका त्रिवेणी क्षेत्रका लागि समेत उक्त बिधुत खर्च गर्ने र राष्ट्रिय प्रसारण लाईन समेत जोडेर गाँउलाई सधैं बत्ती पहुँचमा नगरपालिका राख्ने उदेश्यका साथ हाम्रै पहलमा ठेक्का समेत भई जलविद्युत मर्मतसम्भार र हाल राष्ट्रिय प्रसारण लाईन बिस्तार र ट्रान्सर्फमर जडानको काम भईरहेको छ ।

 

केवलकार सरकारी तबरबाट सञ्चालन गर्न नसकिने र जसका लागि सडक लगायत पुर्वाधारहरू र पर्यटन आउन सक्ने सम्भावना अध्ययन पश्चात् निजिक्षेत्रबाट करिब १७ अरब बजेट लगानी गर्नुपर्ने र लगानी नउठे घाटामा जान सक्ने भएकाले तत्कालै सो काम अगाडि बढाउन नसकिने चन्द्रागिरी हिल्स लगायतका कम्पनीबाट कुरा आयो । सो का लागि समेत पहलमा नलागेको होईन तर विकासक्रम बढ्दै जाँदा त्यो सपना पनि कुनै दिन पूरा होला नै ।जडांगा तिपाडा पानीनाउला लगायतका क्षेत्रमा हाल ब्यवसाय गरेर बस्नेहरूका लागि समेत अझैं महिनौं अध्याँरोमा बस्नु पर्ने बाध्यता छ । उद्योग धन्दा गर्नेलाई त्यस बत्तीबाट अनेकौं समस्या आउने र ठेकेदारले समेत काम समयमा राम्रोसँग काम नगर्ने र बत्तीको दिगोपनका बिषयमा कसैले नबोल्ने र नागरिकलाई सधैं यस्ता समस्याबाट सधैं पिडित भईरहनु पर्ने बाध्यता समेत भएकाले समेत राष्टिय लाईनबाट बिधुत जलाउने पहलमा लागेका हौ ।

 

गाँउमा नमस्ते टावर समेत थप गर्न पहल गरि नेपाल टेलिकमबाट सर्वेयर प्राविधिक टोली आई सर्वे गरि डिपिआर तयार समेत भई सो अनुसार सर्वे भएकै ठाँउमा काम हुने गरि काम अगाडि बढाउन लागेको नेपाल टेलिकमले बताएको छ । टाडा बसेर यी काम आफैंले गरेको जस्तै गरि हाल सामाजिक सञ्जाल तरङ्याए पनि हामी निरन्तर सम्पर्क समन्वयमा नै छौं ।
जडांगा कोर्ध सडक तथा सिँचाइ निर्माण तथा मर्मतसम्भारका लागि हाल संघिय तथा प्रदेश कार्यालयबाट बजेट बिनियोजन भएको छ ।बरू जडांगा बुढाकोर्ध सम्मको ट्याक ओपन गरोस् अहिलेको नगर सरकार ।मेरै पालामा ने.रा. मा. बि. लाई अपग्रेडिङको पहल समेत गरि कक्षा १२ सम्मको कम्तिमा पढाइ सञ्चालन भईरहेको छ । लगभग सबै बिद्यालयहरूको संरचना निर्माण गरि भौतिक सुधारका कामहरू हाम्रै पालामा भएका हुन ।भिडबाटोबाट चरम जग्गाको विवादमा समेत छिचोल्दै वडा कार्यालय सम्म सडक पुर्‍याएको अगिल्लै नगर सरकारले हो । हाल दुई बर्ष देखि सडक अगाडि बढाउने सुरसार देखिदैन । गाँउका लागि सत्तामा रहँदा र नरहँदा समेत सधैं लागिरहन्छु ।राजनीतिक पद त ५ ,५ बर्षमा आउँन्छन जान्छन ।हिजो पनि कोहि थिए र भोलि पनि कोहि हुने नै छन । पद अजम्बरी छैनन् घमण्ड कसैले नगरेकै बेश ।कुनैबेला संघ प्रदेश मातहतका कार्यालयबाट नगर सरकारको पहलमा समेत बजेटहरू आउँदा पाटीबाटै आएको जसो प्रचारप्रसार गरिन्थे जो हामीबाट कदापि हुदैन् ।

 

गाँउका सर्वसाधारण जनताको करको पैसाबाट सृजित बजेट निर्वाचित जनप्रतिनिधिहरूलाई दुरुपयोग गर्ने अधिकार छैन , खुरूखुरू नागरिकलाई सेवाप्रवाह र विकास चाहिन्छ ।बरू मेरै गाँउमा आफ्नै पाटी भित्र वडा अध्यक्ष बन्ने गिराउने खेल सुरू गरेका आधि दर्जन नेताहरूबाट मैले धोका पाएकै कारण आज नगर तथा वडा हराएको पाटी पंक्तिका केही साथीहरूले अनावश्यक दोष समेत म माथि नै थुपारिएकै छ ।हरेक काममा हात हालेकै हो तर बाँझो जति सबै बिराया तर खेती अर्कैले गरिरहेका छन चाहे ब्यक्तिगत होस वा राजनीतिक जीवन तर पनि कदापि डराईन्न ।

पदम बडुवालको फेसबुकवालबाट साभार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!