धनगढी: नेपाली कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य बद्रीप्रसाद पाण्डेले गेटामा तत्काल ३ सय शय्याको अस्पताल आवश्यक रहेको बताएका छन् । आइतबार धनगढीमा आएका उनले गेटामा तत्काल तीन सय शैय्याको अस्पताल सञ्चालन गर्नुपर्ने बताए।
उनले भने, ऐन बनेलगत्तै कैलालीको गेटामा तत्काल मेडिकल विश्वविद्यालय स्थापना हुन सक्दैन्,सरकारले अहिले सुदूरपश्चिमका नागरिकको सुविधाका लागि तीन सय शैय्याको अस्पताल सञ्चालन गर्नुपर्छ। सहमहामन्त्री पाण्डेले ऐन बनेपनी सोही गतिले सुदूरपश्चिमका बासिन्दाको आकांक्षाअनुरुप तत्काल शिक्षण अस्पतालसहितको मेडिकल विश्वविद्यालय सञ्चालन हुने छाँट नदेखिएको बताए। अहिलेसम्म हामी मोडालिटीको छलफलमा मात्र केन्द्रित भयौं उनले भने,तर मेडिकल विश्वविद्यालयका लागि चाहिने अन्य पूर्वाधारका बारेमा त छलफल नै भएको छैन। विशाल भवनमात्र भएर मेडिकल विश्वविद्यालय सञ्चालन भइहाल्छ भन्ने हुन सक्दैन ।’

हाल गेटामा एक सय शय्या अस्पताल स्थापना गर्ने कार्य अनुपयुक्त भएको उनको भनाइ छ । ‘गेटामा एक सय शय्या अस्पतालको के अर्थ छ ?,’ उनले भने, ‘विश्वविद्यालय आफैँमा भेग विषय हो । ऐन बनुुञ्जेल मेडिकल विश्वविद्यालय स्थापनाका लागि आवश्यक पर्ने अन्य पूर्वाधारहरुको तयारी गर्दै गर्न पनि सकिन्छ।’ मोडालिटीका बारेमा धेरै छलफल भएको भए पनि त्यसका लागि आवश्यक अन्य पूर्वाधारका बारेमा भने कसैले पनि विषय नै प्रवेश नगरेको उनको भनाइ छ ।
यसअघि प्रा.डा. गोविन्द केसीले धनगढीमा अनसनका क्रममा गेटा मेडिकल कलेजलाई नबनाउन विश्वविद्यालयको अवधारणा ल्याएको बताएका थिए। ‘यो मेडिकल कलेजलाई हुन नदिने र नीजि अस्पतालहरुलाई सम्बन्धन दिनमात्र सरकारले विश्वविद्यालयका अवधारणा ल्याएको हो’ उनले भने –‘मेडिकल कलेज वा प्रतिष्ठान बनाउन चिकित्सा शिक्षा ऐनले स्पष्ट बोलेको छ।प्रा।डा। केसीले सरकारले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नाममा गेटा मेडिकल कलेजलाई अल्मल्याउने काम गरेको बताएका थिए।
यता गेटा विश्वविद्यालय संघर्ष समितिले गेटामा सरकारद्वारा प्रस्तावित सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइनुपर्ने माग राख्दै आएको छ । संघर्ष समितिले गेटामा ६ सय शैय्याको अस्पतालसहित राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गर्नुपर्ने अडान लिँदै आएको छ । सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णय गरेको छ । सो विधेयक हाल राष्ट्रिय सभामा विचाराधीन रहेको छउनले भने, ऐन बनेलगत्तै कैलालीको गेटामा तत्काल मेडिकल विश्वविद्यालय स्थापना हुन सक्दैन्,सरकारले अहिले सुदूरपश्चिमका नागरिकको सुविधाका लागि तीन सय शैय्याको अस्पताल सञ्चालन गर्नुपर्छ। सहमहामन्त्री पाण्डेले ऐन बनेपनी सोही गतिले सुदूरपश्चिमका बासिन्दाको आकांक्षाअनुरुप तत्काल शिक्षण अस्पतालसहितको मेडिकल विश्वविद्यालय सञ्चालन हुने छाँट नदेखिएको बताए। अहिलेसम्म हामी मोडालिटीको छलफलमा मात्र केन्द्रित भयौं उनले भने,तर मेडिकल विश्वविद्यालयका लागि चाहिने अन्य पूर्वाधारका बारेमा त छलफल नै भएको छैन। विशाल भवनमात्र भएर मेडिकल विश्वविद्यालय सञ्चालन भइहाल्छ भन्ने हुन सक्दैन ।
हाल गेटामा एक सय शय्या अस्पताल स्थापना गर्ने कार्य अनुपयुक्त भएको उनको भनाइ छ । गेटामा एक सय शय्या अस्पतालको के अर्थ छ ? उनले भने, ‘विश्वविद्यालय आफैँमा भेग विषय हो । ऐन बनुुञ्जेल मेडिकल विश्वविद्यालय स्थापनाका लागि आवश्यक पर्ने अन्य पूर्वाधारहरुको तयारी गर्दै गर्न पनि सकिन्छ।’ मोडालिटीका बारेमा धेरै छलफल भएको भए पनि त्यसका लागि आवश्यक अन्य पूर्वाधारका बारेमा भने कसैले पनि विषय नै प्रवेश नगरेको उनको भनाइ छ ।
यसअघि प्रा.डा. गोविन्द केसीले धनगढीमा अनसनका क्रममा गेटा मेडिकल कलेजलाई नबनाउन विश्वविद्यालयको अवधारणा ल्याएको बताएका थिए। ‘यो मेडिकल कलेजलाई हुन नदिने र नीजि अस्पतालहरुलाई सम्बन्धन दिनमात्र सरकारले विश्वविद्यालयका अवधारणा ल्याएको हो’ उनले भने –‘मेडिकल कलेज वा प्रतिष्ठान बनाउन चिकित्सा शिक्षा ऐनले स्पष्ट बोलेको छ।प्रा।डा। केसीले सरकारले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नाममा गेटा मेडिकल कलेजलाई अल्मल्याउने काम गरेको बताएका थिए।
यता गेटा विश्वविद्यालय संघर्ष समितिले गेटामा सरकारद्वारा प्रस्तावित सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइनुपर्ने माग राख्दै आएको छ । संघर्ष समितिले गेटामा ६ सय शैय्याको अस्पतालसहित राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गर्नुपर्ने अडान लिँदै आएको छ । सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णय गरेको छ । सो विधेयक हाल राष्ट्रिय सभामा विचाराधीन रहेको छ ।











