
अशाेक कुमार शाही-
तितो छ सत्य छ पीडित कै शब्द सुनौ ! पीडित भन्छन घर सुन्सरी नाम अन्जना यादब ( नाम फेरियको छ पीडित को आग्रह अनुसार ) पढाइको लागि २०७२ मा काठमाडौ गयकी थिए ।
पढाइ राम्रै चली रहेको पनि थियो तर त्यहा सबै सोचे जस्ता साथिहरु थियनन हामी तीन जनि शाथिहरु एउटा काेठा भाडामा लियर मिलेर पढ्ने बस्ने रमाउदै दिनहरु बित्दै गयो काठमाडौ को हावा पनि सँग हामी पनि घुल मिल हुदै गयौं ।
पुस महिना को दिन को कुरा हो साझ पख त्यसै चिसो हावा खान बाहिर निस्किय अनि मेरा केही साथी हरुले भेट्न बोलाय पछि म उनी हरुलाइ भेट्न गय। उनिहरुले मलाई एउटा पावडर दिय र भने यो खाउ तातो हुन्छ मैले मजाक सोच्य उनी हरुले फेरि आग्रह गरे पछि मैले त्यो पाउडर लगे पहिला त अर्कै अर्कै लाग्यो तर शरीर मा गर्मा हट हुन थाल्यो ।
म अचम्म परे यस्तो पनि हुन्छ र भनेत त्यो दिन मैले अलि कति लगे अनि रुम तिर फर्किय दोस्रो दिन फेरि हामी भेटौ फेरि अलि कति भन्दै म त्यहि पाउडमा डिपेण्डेट भयकाे थाहा पाए त्यो कोइ शरीर न्यानो पार्ने पाउडर नभइ ड्रक्स पाे रहे छ।
म बिस्तारै त्यो लत मा फस्दै गय पछि त म त्यो बिना बाच्न न सक्ने हुन थाले मलाई जसरि नि ड्रक्स त चाहिने नै भयाे कुनै बेला म शीत पैसा हुदैनथ्यो म तनाव पुर्ण दिनहरु बिताइ रहेकि थिए ।
एक दिन मलाई अबिराज नाम गरेको केटा को फेसबुक मा रिकोइस्ट आयो मैले पनि स्वीकार गरे पहिलो दिन हेलो हाइ भयो दुस्रो दिन हिन्दिमा मेसेज आयो र मैले सोध्य तिमिरो घर कहाँ हो उस्ले भन्यो म up सारङ्पुर को मान्छे हो मलाई तिमी मन पर्यो भनेर हिन्दिमा भन्यो मैले पनि मजाक गर्दै ए होर ल त्यसो भय मलाई पाच हजार पठाइ दिनु त तातो लुगा किन्नु छ भने पछि दुस्रो दिन मेरो मोबाइल मा मेसेज आयो यो ime नम्बर हो पैसा निकाल्नु भनेर भन्यो । म अचम्म परे दुई दिन भित्र यति बिश्वास म बैन्क गय साच्चै न भन्दै पाच हजार भारु रकम आको थियो ।
दिन बित्दै गय हामिहरुको कुरा हुँदै गयो कयौ चोटि रिचार्ज कयौ चोटि पैसा हाल्न थाल्यो । मलाई पनि लाग्यो उस्ले साचो माया गर्छ भनेर मैले काठमाडौ बोलाए उ न भन्दै दुई दिन मा काठमाडौ पुग्यो । हामी होटेल मा बस्यौ त्यो रात थाह नै पाइन मैले उ सङ्ग आफ्नो इजत साठेको अनि बिहे गर्ने निधो भयो । र हामी दुई दिन पछि त्यहा बाट सिधा गोरखा पुर हुँदै भारत तिर लाग्यौ ।
दाेस्रो दिन साझ रेल मुम्बईमा पुग्यो म अलमल भए तर उस्ले हामी मुम्बईमा पुग्यौ अब होटेल मा आराम गरौ भन्यो र हामी होटल तर्फ लाग्यौ तेहा पहिला नै एक जना महिला 3 जना केटा हरु बसेका थिय । को हुन सोद्दा मेरा परिवार हुन भन्यो । साझ खाना पिना भयो हामी सुत्न गयौ तर बिहान उ बजार जान्छु भनेर निक्ले को मान्छे मिनेट घन्टा बित्यो साझ पर्यो मैले ती आन्टिलाइ सोधे अबिराज कता छ भनेर उस्ले भनि उ त बिदेश गै सक्यो तलाइ त मलाई पाच लाख मा बेचेर हिडेको हो भनेर मलाई आस्मान गिरे जस्तो लाग्यो ।
म रोय कराय कोइ सुन्ने मान्छे थियन मलाई सुइ लगाएर त्यहा बाट बेवसी हालत मा लगेर गय । र मलाई बाध्य बनाइयो यो देह व्यापार गर्न म मज्बुर थिय अहिले सम्म कोइ सायता मिलेको आशा पनि थियन आज भन्दा चार दिन अगाडी एक जना नेपाली म सङ्ग समन्ध को लागि मैले आफ्नो पीडा उन्लाइ भने पछि उहाले भन्नू भयो हिमाल साउद एक जना भाइ छन यो नम्बर हो उहाले केही गर्न सक्छन भने। उहाले यो भन्दा पहिला पनि दस पन्द्र जना दिदी बैनी को उद्दार गरेका हुन भनेर ।
अनि मैले हजुर लाई सम्झे अब हजुर ले जसरी हुन्छ मलाई मेरो घर जाने बाताबरण मिलाइ दिनुस पैसा को कमि छैन मलाई मात्र यो नर्ग बाट निकाली दिनुस र एक अर्को आग्रह गर्न चाहे मेरो तस्वीर कुनै ठाउँ मा पनि न हाली दिनु होला मेरो घर परिवार ले थाह पाउनु भयो भने इज्जत रहदैन । बरु जसरी हुन्छ मलाई यो नर्ग बाट निकाली दिनुस ।
हाम्रो नेपाल हामी नेपाली कैलाली संयाेजक हिमाल साउद उक्त पिडित महिलाकाे उद्धार गर्न आफ्नाे पहल कदम अगाडि बढाउन थालेका छन,। पिडित महिलाकाे फाेटाे हामिले गाेप्य राखेका छाै।
अन्त संयाेजक हिमाल साउदले सम्पुर्ण नेपाली दिदी बहिनिहरुलाई सचेत रहन आग्रह समेत गर्नु भयकाे छ।