युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
282 पटक पढिएको

बाजुराः नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुरामा लगाइएको ताला दुई हप्ता पछाडी खोलिएको छ । सदस्यता शुद्धिकरण,नविकरण, तथा सक्रिय पत्रकार लाई हटाएर गैर पत्रकारलाई महासंघको निर्वाचन मतदाता नामावलीमा समावेश गरीएको भन्दै प्रेस युनियनले केन्द्र,प्रदेश तथा जिल्लामा रहेका महासंघको जिल्ला शाखा कार्यालयमा तालाबन्दी गरेको थियो । प्रेस युनियन बाजुराले पनि सदस्यता शुद्धिकरण,कतिपय सक्रिय पत्रकारको नविकरण लगायत सक्रिय पत्रकाहरुलाई हटाएर कतिपय गैर पत्रकारहरुलाई मतदाता नामावलीमा समावेश गरी निर्वाचन गर्न खोजिएकोले आन्दोलित हुँदै महासंघको कार्यालयमा ताला लगाएको थियो । युनियनले कार्यालयमा तालासंग संगै धर्नाको कार्यक्रम समेत गरेको थियो ।

नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन बिच महासंघको निर्वाचनको लागी तयार मतदाता नामावलीमा प्रक्रियामा आएर पनि छुट्न गएका सक्रिय पत्रकाहरुको हकमा प्रेश युनियनले देखाएको चासो र मागलाई सम्बोधन गरीने गरी भएको सहमती अनुसार ताला खोलिएको प्रेस युनियन जिल्ला सचिव राम बहादुर वि.क.ले बताएका छन् । महासंघको सहमती अनुसार पत्रकार महासंघ जिल्ला शाखा बाजुराको कार्यालयमा लगाइएको ताला करिब दुई हप्ता पछाडी खोलिएको सचिव वि.क.ले बताएका छन् ।

सदस्यता शुद्धिकरणमा देखिएको असन्तुष्टि,युनियनले राखेको मागलाई महासंघले सम्बोधन गर्ने ,प्रदेश जिल्ला शाखा कार्यालयमा लागेको ताला खोल्ने र महासंघको हकहितका लागि आगामी दिनमा सवैसंग सहकार्य गरेर अगाडी बढ्ने,र प्रेस युनियनले आफ्ना सबै आन्दोलनका कार्यक्रम आजैकै मितिदेखि फिर्ता लिएको जस्ता निर्णय गरेर महासंघको केन्द्र,प्रदेश तथा जिल्ला शाखा कार्यालमा लगाइएको ताला खोलिएको हो । दुई बुँदे सहमतिमा युनियनले सरोकार जनाएका बिषयलाई सम्बोधन गर्दै महासंघले सम्बोधन गर्ने र युनियनले ताला खोल्ने र आन्दोलनका कार्य स्थगित गर्ने सहमति भएको युनियनका अध्यक्ष शिब लम्साल र महासंघका अध्यक्ष विपुल पोखरेल द्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार महासंघ र असन्तुष्ट युनियनकर्मि पत्रकारहरुविच दुई बुदे सहमति भएपछि आईतबार जिल्ला शाखा कार्यालय बाजुरामा लगाइएको ताला जिल्लास्थित युनियनकर्मि पत्रकारहरुको उपस्थितमा खोलिएको र आन्दोलनका कार्यहरु पनि आजकै दिनबाट स्थगित गरीएको सचिव राम बहादुर वि.क.ले बताएका छन् । महासंघ कार्यालयमा लागेको ताला खुलेसँगै महासंघको निर्वाचन हुने बाटो खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!