
“औकाद” गजल
जसरी औंसि अनि पुर्णिमाको रात मिल्दैन ।
भन्छौं त्यसरी नै तिम्रो मेरो औकाद मिल्दैन ।
सबथोक मिल्न सक्छ, भेटिन सक्छ फेरिपनि ।
गुमाई सकेपछि आमाको जस्तै काख मिल्दैन ।
दिन त दिन्छन सबैले आशिर्वाद मलाई अचेल ।
तर मेरा बा,को जस्तै कसैबाट सुझाब मिल्दैन ।
उसले भेट्न बोलाएपछी म जान नपाएको हु ।
त्यही दिन देखिको आजसम्म बिबाद मिल्दैन ।
गजल लेख्दै गर्दा कसैले नभनोस म सोच्छु ।
के लेखेको हो यार यसको कुनै भाब मिल्दैन ।
म यश कारणले न्याय माग्न आएको हु श्रीमान ।
दाइले भन्यो बाको अंसबाट तलाइ भाग मिल्दैन ।
राम्रो नराम्रो त सबै आफैले छुट्टाउन जान्नुपर्छ ।
जीवनमा भेटिनेहरु सबै साथी खराब मिल्दैन ।
एकछिन बिर्सिन्छु तिमिलाई पढ्न लेख्न बस्छु ।
सम्झिए तिमि लाई गणितको हिसाब मिल्दैन ।
म यतिसम्म दुर्गम ठाउँको मान्छे हु हेर्नुस मित्र ।
जहाँ बिरामी हुँदापनि समयमा उपचार मिल्दैन ।
तपाईं सितैमा पुरै देश बनाउने सपना नदेख्नुस ।
यहाँ घर टोल गाउँ केही मिल्दैन समाज मिल्दैन ।
यो झुपडी हो ढुटाको रोटि सिस्नुको साग पाइन्छ ।
सुख सुबिधामा बस्ने ठुलाबडालाई बास मिल्दैन ।