
“झरना बिरे खोला कि” ✍️गुलाब कान्छो
आहा कञ्चन झरना
मनै लोभ्याउने हाम्रो
झर-झर झरेको त्यो
निश्चल विरे खोलाको पानी
सुटुक्क आफुतिर तानिदिन्छ
जोकोहीको कमलो मन !
जब,
तिम्रो समीप कोहि पर्छ
तिम्रो चिसो स्पर्सको सितलताले
तन आनन्द लिन्छ
मन केवल तिमी मै लिन हुन्छ
यस्तो लाग्छ सारा समय
व्यतीत गरौं तिमीसँगै ।
अनि,
बिरे खोला कि ए झरना
केही पल तिमीसँगै
लुकामारी खेल्न
हप्तौंभरीको थकान मेट्न
टाढाबाट आउँछन्/आउँछौ
मात्र तिमीलाई भेट्न
एकै दिनको लागि भएपनि ।
पक्कै,
तिम्रो पाउमा
तिम्रो छेउमा
तिम्रो आगनीमा
तिम्रो छहारीमा
हामी जोकोही आउँदा दिक्क त हुदिनौं नि है ?
हेर न मान्छेको एक बानी नराम्रो भन्या
आफू रमाउन अरूको पीडा भुल्छ
तैपनि स्वार्थकै निम्ति दिनमा आउछौ
बेलुका एक्लै पारेर जान्छौ
हामी आउछौ तिम्रै गरिमा बढाउन
थोरै समय भएपनि रमाउन
खुशी हौ प्यारी झरना
तिम्रो आगनीमा आउँदा
स्वर्गको अनुभूति हुन्छ हामीलाई
तिमीले गर्दा,
बाजुराको नाम संसारमा रोशन गरेकी छौ
धन्य छ प्रकृति धन्य छ
बाजुरामै तमाम स्वर्गका टुक्रा छरिदिएकोमा ।
अब,
तिमीले र मैले मितेरी गाँसौ है
बिरे खोली कि ए झरना..!
– ०७८/०३/२६