युनिकोड    राशिफल    एफएम रेडियाे                        
203 पटक पढिएको

जाजरकोट:  जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीले हालै १८ वर्षीय सर्पे दमाईलाई निर्घात कुटपिट गरे । तर, प्रहरीले कुटाइ खाने पीडितलाई नै माफी मगाएर वडाध्यक्ष नेपालीको पक्षमा कागज गराएको पाइएको छ ।

‘सर्पे दमाईले आफ्नो गल्ती स्वीकार गरी एकचोटीलाई सुध्रिने मौका दिनुपर्‍यो, अब आइन्दादेखि म सुध्रिनेछु, गाउँसमाजमा रहँदा–बस्दा सबैसँग राम्रो व्यवहार गर्नेछु, कोही कसैलाई पनि अभद्र व्यवहार, गाली, बेइज्जत गर्नेछैन, आइन्दा दिनमा यस्तो गल्ती दोहोर्‍याएमा प्रचलित ऐन–नियमबमोजिम सजाय सहन, भोग्न मञ्जुर छु भनी रियलाइज गरेको’, साउन १५ गते गरिएको कागजमा लेखिएको छ । वडाध्यक्ष नेपालीले सुध्रिने मौका दिई सर्पेलाई सकुशल आमा चन्द्रा दमाईको जिम्मा लगाइएको उक्त कागजमा उल्लेख छ । उक्त कागजमा आमा चन्द्रा र सर्पे दुवै जनालाई हस्ताक्षर गराइएको छ ।

सर्पेले सामाजिक सुरक्षा भत्ता वितरण भइरहेका बेला गाली बेइज्जतसँग ढुंगा प्रहार गरी आतंकित पारेको भनी निवेदन परेको पनि कागजमै उल्लेख छ । स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डोरीले बाँधेर कुटपिट गरेपछि प्रहरी बोलाएर मिलापत्र गरिएको हो । उक्त घटना मिलाउन इलाका प्रहरी कार्यालय पञ्चालाको टोली खटिएको थियो ।

‘सर्पेले वडाध्यक्षलाई भत्तामा अनियमितता गरेको आरोप लगाएका थिए, वडाध्यक्षले त्यही झोकमा कुटपिट गरे’, एक प्रत्यक्षदर्शीले भने । उक्त घटनाको भिडियो मंगलबारदेखि सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

अर्का प्रत्यक्षदर्शीले वडामा पहिलादेखि नै वडाध्यक्षको दादागिरी चल्ने गरेको बताए । ‘अनियमितता आरोप लगाएपछि कुटपिट गर्नु सामान्य भयो’, ती स्थानीयले भने, ‘सम्झाइ–बुझाइ गर्न सकिन्थ्यो, भनेको नमाने थुन्न सकिन्थ्यो । तर, वडाध्यक्ष आक्रोशमा आएर निर्घात कुटपिट गरे ।’ वडाध्यक्षकै डरका कारण स्थानीयले यो घटनाबारे खुलेर कुरा गर्न नसकेको जनाइएको छ ।

भिडियो सार्वजनिक भएपछि बुधबार वडाध्यक्ष नेपालीले विज्ञप्ति निकालेका छन् । नेपालीले घटनालाई प्रहरीले मिलाइसकेको उल्लेख गरेका छन् । घटनाको यथार्थ नबुझी सामाजिक सञ्जालमा जे पायो त्यही लेखेको देख्दा ध्यानाकर्षण भएको उनले जनाएका छन् । उनले पीडितको नाम नलिई एक केटा रक्सी खाएर वडा कार्यालयमा आएर ढुंगा प्रहार गरी अपशब्द बोलेको आरोप लगाएका छन् । आफूले उसका हातका ढुंगा समातेर फालेको जिकिर उनले गरेका छन् ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले पीडित र पीडक दुवैलाई सदरमुकाम झिकाइएको बताए । वडाध्यक्ष नेपालीले यसअघि पनि गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक यज्ञश्वर बस्नेतलाई कार्यकक्षमै कुटपिट गरेका थिए । पछि मिलापत्र गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!