१
नीलो आकाश देख्ने
के मेरो दृष्टि दोष हो?
आकाशको रङ्ग हुन्न रे।
२.
बिनाघरकी चरी
गुलेली रनमा परी
आहा मान्छे परोपकारी।
३.
तिम्रो कर्तव्य बुझ्न
तिमीनै जिम्मेवार छौ
नराख विवेक बन्धकी।
४.
माछो बिगार्छ के हँ
खेल्छ खोला,नदि,दह
मान्छे बल्छी,जाल हान्दछ।
५.
छाडा निर्लज्ज डुल्छ
उन्माद मादको हूल
रमिते छ धर्मको लय।
✍️खलविर नाराज,म्याग्दे गापा, तनहुँ
