गजल
थपिदै गएपछि घाउ घाउमा,छड्पटिरहेछन्।
बाँ, दु:ख र पिडाको नाउमा,छड्पटिरहेछन्।
सन्तानको जिन्दगी बनाउनका लागि बाउले
आफ्नो जिवन राखेर दाउमा छड्पटिरहेछन्।
आमा, आफ्नै नियति माथि खोट देखाउदै।
मेरो गुण नमिलेपछि बाउमा,छड्पटिरहेछन्।
बुढेसकालको हातको लठ्ठी प्रदेशियपछि ।
शरीर थाम्न नसक्दा पाउमा,छड्पटिरहेछन।
म जिन्दगी खोज्न भनी सहरतिर भौतारिय ।
बाँ मृत्युलाई पर्खिदै गाउमा,छड्पटिरहेछन्।
गजलकार हिक्मत थापा (हिकु)
त्रिबेणि नगरपालिका ९,
पैमा बाजुरा,