धनगढी–दार्चुलाका ६ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
तीन दिनको अवधिमा जिल्ला अस्पताल दार्चुलामा एन्टिजेन परिक्षण गर्दा ६ जना बालबालिकामा संक्रमण देखिएको हो । बिहीबार मात्रै २ जना ४ महिना र १० महिनाको उक बच्चामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । त्यस्तै महाकाली नगरपालिका –४ का एक बालकलाई थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको पनि जानकारी प्राप्त भएको छ ।
अस्पतालका अनुसार एक महिनाको अवधिमा ३८ जनामा एन्टिजेन परीक्षण पोजेटिभ देखिएको बताइएको छ । बालबालिकामा कोरोना देखिन थालेपछि अस्पतालले १० बेडको आइसोलेसन बनाउन थालेको छ ।
दिनेश खबरबाट साभार