मिन बहादुर खड्का/बाजुरा–जोसुकै किन नहोस बाध्यता र प्रस्थितिका अगाडी कसैको केहि लाग्दैन । मानिसहरु बाध्यता र प्ररिस्थितिले जसरी जिउन सिकाउन्छ त्यसरी नै जिउन सफल हुन्छन । कसैले सवठोक भएर पनि केहि गर्न सक्दैनन कसैले केहि नभएर पनि धेरै काम गर्न सक्छन। हातखुट्टा र देख्ने आँखा बोल्ने मुख भएर पनि गरिखान नसकेर बरालीदै हिडनेहरका लागि एक उदारणीय व्यक्तिलाई हामिले भेटेका थियौँ ।
जसको लागि पुरा संसार अध्यारो छ । जता हेरेपनी उस्ता उस्तै लाग्छ । बिभिन्न ठाँउमा गित गाँउदै दिन गुजारा गर्दै दिनचार्य बिताइरहेका एक जना बुटवलका दृस्टिबिहिन गाएक लाई बाजुराको जिल्ला सडरमुकाम मार्तडीमा हामिले भेटाएका थिर्यौ । बाध्यताले संघर्ष गर्न सिकाउन्छ भन्ने कुरा उनले प्रष्ट पारिदिएका छन । उनि बिभिन्न जिल्ला हुदै बाजुरा बाजुरा आइपुगेका थिए । उनको साथमा उनकी श्रिमती थिइन । उहाँसंग हामिले कुराकानी गरेका थियौँ ।
उनले भने मेरो नाम भिम थकाल हो मेरो घर बुटवल हो मैले आँखा पनि देख्दैन । म १४ बर्षको हुदा टाइडफाइड रोगका कारण मेरो आखामा समस्या आएपछी उपचार गर्न नसक्दा म आँखा नदेख्ने भए । म गित गाँउनमा सानै देखि रुचि राख्थे बजारमा गित रेकर्ड गराउने ठुलो धोको थियो । आफु आँखा नदेख्ने भएपछी कमाई कतैबाट थिएन । अरु गर्न सक्ने केहि आधार छैन । त्यसकारण मैले ठाँउ–ठाँउमा गएर गित गाँउदै दिन गुजारा गरीरहेको छु उनले भने । मैले करिव ६०÷६५ जिल्लाहरुमा घुमिसकेको छु । मेरो दुई ओटा छोराहरु छन् । र एक श्रिमती छ । छोराछोरीको पालन पोषण र पढाउने खर्च यसरी नै चलाएको छ ।
दिन गुजारा गर्ने माध्यम नै यहि गित संगित हो । कुनै दिन दिनको तिन चार सय मात्र कमाई हुन्छ । कुनै दिन तिन चार हजार पनि कमाई हुन्छ । तर जति कमाए पनि दिन गुजारा गर्न ठिक्क हुन्छ। सुख दःख गरेर परिवार पालेकै छु । यसैमा म सन्तुष्ट छु गाएक भन्छन ।
भिडियाे हेर्न तलकाे लिँकमा क्लिक गर्नु हाेला ।