अशाेक कुमार शाही–क्षयरोग अथवा टिभि रोगको परिक्षण (न्भलभ ह्–उयचत)अव कालिकोटमै हुने भएको छ । संकास्पद अवस्थामा क्षयरोगीको शुक्ष्मदर्शक यन्त्रबाट सामान्य परिक्षण गर्ने गरिएपनी अव अत्याधुनिक मेशिन “जिन स्र्पाेट“मेशिनबाट जिल्लामा पहिलोपटक क्षयरोगको परिक्षण हुने भएको हो ।
सोमबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायले एक कार्यक्रमको विच कोभिड अस्पतालमा यो सेवाको उद्घाटन गर्नु भयको थियो।
उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी आर्चायले अव क्षरोग लागेमा र संका लागेमा अत्याधुनिक मेशिनबाट परिक्षण हुने भएको हुदा जिल्ला वासीलाई ठुलो राहत भएको बताए । यसको नियमित संचालनको लागी र भरपर्दो सेवा दिन जनशक्तिको अपु हुन नदिन निर्देशन दिए ।
अव भरपर्दो क्षरोगको परिक्षण गर्न अव जिल्ला वाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको बताए । यस्तै स्वास्थ्य सेवा कार्यालय का प्रमुख डा रत्नवीर सुनारले विगतमा सामान्य विधिवाट क्षरोगको परिक्षण गरेपनी अव विश्वासिलो तरवरमा जिन स्र्पोट मेशिनबाटै जिल्लामा परिक्षण गर्न पाउनु गौरवको विषय रहेको बताए । किड्स नेपाल र सेभद चिल्ड्यानको सहयोगमा मेशिन उपलव्ध भएको किड्स नेपालका प्रतिनिधि बिशाल शाहीले बताए ।